चीन र भारतबीच सीमा विवादको विषयमा पैदा भएको ताजा स्थितीमाथि अमेरिकाले पनि निगरानी गरिरहेको छ ।

अमेरिकाका विदेशमन्त्री माइक पोम्पियोले चीनको अन्यायपूर्ण नीतिका कारण भारत, अष्ट्रेलिया, जापान र दक्षिण कोरियाजस्ता देश अमेरिकासँग लामबद्ध भइरहेको बताएका छन् ।

मंगलबार फक्स न्यूजलाई दिएको अन्तरवार्तामा पोम्पियोले भने, ‘चिनियाँ कम्युनिष्ट पार्टी इमानदारी, समानता र पारदर्शितासँग प्रतिस्पर्धा गर्नका लागि हुने छैन । मलाई लाग्छ संसारभरी यो विषयमा मानिसहरु एकजुट हुन थालेका छन् ।’

समाचार एजेन्सी पिटिआईका अनुसार भारतको तर्फबाट साउथ चाइना सीमा जंगी जहाज पठाएको विषयमा सोधिएको प्रश्नको जवाफमा पोम्पियोले भने, ‘भारत, अष्ट्रेलिया, जापान वा दक्षिण कोरियामा हाम्रा जुन साथी छन् उनीहरुलाई थाहा छ कि उनीहरुका जनता, उनको देशलाई कति खतरा छ । तपाईंहरुले देख्नुहुनेछ कि उनीहरु हरेक मोर्चामा जवाफ दिनका लागि अमेरिकासँग सहयोगी हात बढाउनेछन् ।’

त्यसपछि बुधबार आफ्नो कार्यालयमा पत्रकारसँग कुराकानी गर्दै माइक पोम्पियोले भने, ‘भारत–चीन सीमा विवादका कारण पैदा भएको स्थितीको शान्तिपूर्ण हल निस्कने कुरामा म आशावादी छु ।’

‘चीनले गरिरहेको छ दादागिरी’

पोम्पियोले चीनको कम्युनिष्ट पार्टी (चिनियाँ सरकार) स्पष्ट रुपमा ताइवानदेखि हिमालयसम्म आफ्ना छिमेकीसँग दादागिरीको बाटोमा हिँडिरहेको बताए ।

उनले यहि दादागिरी साउथ चाइना सीमा पनि देखिएको बताएका छन् ।

उनले भने, ‘भारत–चीन सीमामा बनेको स्थितीको शान्तिपूर्ण हलको आशा छ । ताइवानको खाडीदेखि हिमालय र योबाहेक पनि चिनियाँ सरकार स्पष्ट रुपमा आफ्ना छिमेकीबीच दादागिरी देखाउन थालेको छ ।’

स्रोतः बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah