चुनावी नतिजालाई कसरी लिनु भएको छ ?

अन्तिम नतिजा नआएसम्म भन्न मिल्दैन तर जित्ने पक्काजस्तै भएको छ ।

उम्मेदवारी दिदा चुनाव जित्नेमा आशावादी हुनुन्थ्यो ?

हामीले त यो भन्दा धेरै राम्रो हुन्छ भन्ने सोचेका थियौं । सोचेअनुरुप नतिजा आउन सकेन ।

कति भोट ल्याउने सोच्नु भएको थियो ?

पहिलो कुरा त धेरै मत बदर भए । त्यसमाथि पनि मैले र मेरो पार्टीले सोच्दै नसोचेको तरिकाले चौथो र पाँचौं (विवेकशील र साझा पार्टी) ले धेरै मत ल्याए । एकै चोटि उदाएको पार्टीले सोचेकोभन्दा धेरै मत ल्याएको देख्दा म अचम्मित भएको छु । मैले जित्छु भन्ने चाहिँ पहिले नै थियो ।

राप्रपासँगको तालमेलले कतिको फाइदा भयो ?

राप्रपासँग तालमेल गर्नुभन्दा पहिले नै सबै कार्यकर्ताको घरघरमा भोट हाल्ने तरिकाको बारेमा मोबिलाइज गरिसकेका थियौं । सात सूर्य, सात छापको नमूना मतपत्र बनाएका थियौं । सोही कारणले धेरै मत बदर हुँदा राप्रपा पछि परेको हो । एमालेले धोका दिएर होइन । प्राविधिक रुपमा हामी कमजोर हुँदा राप्रपालाई घाटा भएको हो ।

काठमाठौंमा एमालेले विरासत फर्काउन लागेको हो ?

हिजो पनि यहाँ एमालेको पक्षमा जनमत थियो । हिजो संसदीय निर्वाचनमा हार्दाखेरी पनि थोरै मतले हामीले हारेका थियौं । त्यो स्वभाविकै हो । जनमत बदलिन्छ । नबदलिने हो भने चुनावको आवश्यकता नै परेन नि । हामीले राम्रो गर्न सकनौं जनमत उल्टिन पनि सक्छ ।

मेयर जित्नुभयो भने काठमाडौंलाई कस्तो शहर बनाउने योजना छ ?

यो बारेमा बोलिरहन पर्छ जस्तो लाग्दैन । किनकि हामीले पहिले नै मतदाताको हातहातमा यसबारेमा बोलिरहेका छौं । सबैका हातहातमा घोषणा पत्र पु-याएका छौं । हाम्रो पहिलो उद्देश्य भनेको नै प्रतिवद्धता पूरा गर्ने हो ।

प्रतिबद्धतामा काठमाडौंमा रेल ल्याउने कुरा गरेका छौ । एमालेले हावादारी गफ गर्दैन, हामीले देखेको सपना अन्य दलले पनि राखेका छन् । मेट्रो रेल असम्भव होइन, काठमाडौंमा गुडछ । अहिले म पार्टीको प्रतिनिधी हुँ । जितें भने म जनप्रतिनिधी हुन्छु । उहाँहरुले विश्वास गरेर भोट दिनुभएको छ । राम्रो भोट ल्याउने अन्य पार्टीका साथीहरुसँग पनि सल्लाह गरेर मैले काम गर्ने हो ।

पार्टीको चुनाव चिन्ह समेत नपाएका नयाँ उदयमान पार्टीको उपस्थितिलाई कसरी हेर्नुभएको छ ?

यो कुरा त उहाँहरुलाई नै सोध्नुपर्ने भएको छ । हामीले भोट काटियो भनिरहँदा उहाँहरुलाई पनि आफूले सोचेजस्तो भोट आएन भन्ने पो सोच्नुभएको छ कि भन्ने लागेको छ । हुन त भाषा फरक भए होला तर सबै पार्टीका घोषणापत्र मिल्दाजुल्दा छन् । त्यसैले पनि हामीले सल्लाह गरेर अगाडि बढ्नुपर्छ । अरु दलले हामीलाई सहयोग गरेनन् भने विकास गर्न गाह्रो हुन्छ । अब सबै घोषणापत्र साझा बनिसकेका छन् ।



काठमाडौं महानगरका एमालेलेको अग्रता कसरी सम्भव भयो ?

पहिलो कुरा त एमालेले बनाएको राष्ट्रिय माहोल नै हो । र, मैले आफैले पनि काठमाडौं जिल्ला कमिटीकोे सचिव भएर काम गर्दाको अनुभव र वडाध्यक्ष जितेर काम गरेको अनुभवले पनि मलाई जित्ने आधार मिलेको थियो ।

तपाईंको बुझाईमा काठमाडौंका समस्या के हुन्?

भनिहालें नि, समस्या र उपायलाई हामीले प्रतिवद्धता पत्रमा नै भनिसकेका छौं । मतदाताले काम गर्नुहुन्छ कि हुन्न भनेर कुरिरहनुभएको छ । पहिलो दिनदेखि नै हामीले काम थाल्ने हो । सय दिनमा के के उपलब्धी भए त्यसको सार्वजनिक गर्नु छ ।

लोकान्तरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah