एजेन्सी । अफगानिस्तानको पूर्वी पक्तिका प्रान्तमा शनिबार तालिबानी समूहले सडकमा राखेको बम बिष्फोट हुँदा प्रान्तीय प्रहरी उपप्रमुखको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । प्रवक्ता शाह मोहम्मद अरियनले सिन्ह्वासँग भने, “शनिबार बिहान प्रान्तीय राजधानी सारनको नजिकै गस्तीमा रहेको प्रहरीको गाडीलाई लक्षित गरी विछ्याइएको धरापमा पाक्तिकाका प्रान्तीय उप प्रमुख कर्नेल मोहम्मद आसिफ तोखीले साहदत प्राप्त गर्नुभएको छ भने केही प्रहरी घाइते भएका छन् ।”

प्रहरीले याहा खिल जिल्लामा तालिवानी समूहको आक्रमण भएपछि थप बलसहित तोखी त्यसतर्फ जाने क्रममा उनीमाथि आक्रमण भएको हो । आक्रमणमा अन्य केही प्रहरी गम्भीर घाइते भएका र उनीहरूलाई स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । शुक्रबार राति नै सुरक्षाकर्मी तालिवान समूहबीच कुन्दुजमा भएको अर्को एक झडपमा कम्तीमा १४ जना विद्रौही लडाकू मारिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah