अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई कोरोना भाईरसको संक्रमण भएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत् यसको जानकारी दिनुभएको हो ।
ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आफूले कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको र पोजिटिभ देखिएको जानकारी दिनुभएको हो । यसअघि, आफ्ना नजिकका सहयोगीलाई संक्रमण पुष्टि भएलगत्तै ट्रम्पको पनि पीसीआर परीक्षण गरिएको थियो ।
उहाँसँगै प्रथम महिला मेलानी ट्रम्प पनि आईसोलेसनमा बस्नुभएको छ । ट्रम्पकी सहयोगी होप हिक्सलाई कोभिड पोजिटिभ देखिएपछि ट्रम्प दम्पत्तिको पनि परीक्षण गर्दा पोजिटिभ देखिएको हो ।
पछिल्लो समय चुनावी प्रचार प्रसारका क्रममा ट्रम्प र हिक्स टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेर ओहायो पुग्नुभएको थियो ।
हिक्स गत मंगलबार राष्ट्रपतिको प्लेनबाट विना मास्क उत्रिरहेको तस्वीर समेत सार्वजनिक भएको थियो ।
Tonight, @FLOTUS and I tested positive for COVID-19. We will begin our quarantine and recovery process immediately. We will get through this TOGETHER!
— Donald J. Trump (@realDonaldTrump) October 2, 2020



