मानिसहरुले जीवनमा सुन्दर मानिएको अनुभवमध्ये यौनसम्पर्क वा ‘लभ मेकिङ’ पनि हो। हिन्दु ग्रन्थमा मात्रै होइन संसारका अरू धर्म ग्रन्थ र किताबमा पनि यौनका कुरालाई विशिष्ट स्थान दिइएको छ। र, सुन्दर ढंगबाट प्रस्तुत गरिएको छ।

यसलाई कयौं विद्वानहरूले एउटा असल कर्मका रूपमा पनि व्याख्या गरेको हामी पाउँछौ। तर कहिलेकाहीँ यो असल कर्म कुकर्ममा परिणत हुन्छ र भयावह स्थिति सृजना गरिदिन्छ। जीवनको यो सुन्दर अनुभव सही तरिकाले प्रयोग नहुँदा सृष्टिलाई नै कुरुप तुल्याइदिन्छ।

मनमस्तिष्क र शरीरमा उब्जेको यौन तीव्रता रोक्न नसकेर हुने घटना होइन, बलात्कार। रक्सीको नशा र कुनै बेहोस हालतमा जबर्जस्ती गर्न मन लाग्ने दीर्घरोग पनि होइन बलात्कार। कोही अर्ध वा पूरै नग्न महिला-पुरुषलाई देख्ने बित्तिक्कै निस्कने ‘सेक्स इमोसन’ पनि होइन बलात्कार।

बलात्कार मानिसको मन र दिमागमा दबेको एउटा दुर्बल इच्छा र घिनलाग्दो मनसाय हो। जानीजानी र होसमै गरिने एउटा महाअपराध हो। पाँचौ इन्द्रीयको उपस्थितिमा हुने एउटा महापाप हो।

यदि मानिसले चाह्यो भने यो तुच्छ मनसाय सधैभरी बाँधेर राख्न पनि सक्छ। चाह्यो भने यो दुर्घटना नगराउन पनि सकिन्छ। बिडम्वना, बलात्कारीहरू बलात्कार गर्नुलाई आफ्नो एउटा शक्ति प्रदर्शनका रूपमा लिन्छन्। एउटा निहत्था व्यक्तिलाई बलात्कार गर्दा आफू विजेता भइने भ्रम पाल्छन्। अनि यही भम्र पाल्दै बलात्कारीहरू गल्ली गल्लीमा दिनरात छाती फुलाएर ‘भलादमी’ को मुकुट लगाएर हिँड्छन्।

संस्कृतमा एउटा श्लोक छ- दिवा पश्यति नोलुको रात्रौ काके न पश्यती। रात्रौ वापि दिवा वापि कामान्धो नैव पश्यति।

अर्थात् लाटोकोसेरोले दिनमा आँखा देख्दैन, कागले रातमा आँखा देख्दैन तर कामवासनामा अन्धो भएको मान्छेले न त रातमा न त दिनमा, कहिले पनि आँखा देख्दैन।

त्यही भित्री, बाहिरी सबै दृष्टि बन्द हुँदा बलात्कारीले बलात्कारलाई कहिल्यै अपराध नै ठान्दैन। अनि परिणाम स्वरूप यिनीहरूले न नाबालक, न साबालक, न वृद्ध, आमा, छोरी, बहिनी, नातिनी , श्रीमती, बुर्का भित्रका, बिकिनी लगाएका र न घरमा पालेका पशुपंक्षीलाई नै छोड्छन्। बाघ सिकारमा रमाएजस्तो उनीहरू बलात्कारमा रमाउँछन्। यदि दैत्यभन्दा भयानक रुप अरु कसैको हुन्छ भने बलात्कारीको हुन्छ।

अन्तराष्ट्रिय विज्ञहरूको रिपोर्टअनुसार ९० प्रतिशत पुरुषले बलात्कार आफूभन्दा दुर्बल ठानेका महिलामाथि नै गर्छन्। ७० वर्षको वृद्धले ६ वर्षीया बालिकालाई बलात्कार गर्ने, तीस वर्षको ठिटोले ९० वर्षीया वृद्ध महिलालाई बलात्कार गर्ने, भर्खरै सुत्केरी भएकी महिलामाथि जाई लाग्ने, बोल्न नसक्ने, सुन्न नसक्ने, शारिरीक रूपमा अशक्त भएका महिलालाई बलात्कार गर्ने, काम लगाइदिन्छु, करिअर बनाइदिन्छु भनेर भावानात्मक खेलाबाड गर्दै अवसरको फाइदा उठाउने आदि गर्नुको कारण नै कमजोर व्यक्तिलाई दबाउन सजिलो हुन्छ भनेर हो। यदि उनीहरू बोलिहाले भने पनि उनीहरूलाई मानसिक अवस्था बिग्रेको आरोप वा चरित्र हत्या गर्न सजिलो हुने मनस्थिति बलात्कारीहरूको हुन्छ। त्यसैले प्रायः बलात्कारी यस्ता व्यक्तिमाथि जाइ लाग्छन्।

उसो त बलात्कार शरीरसँग मात्रै सम्बन्धित हुन्छ भन्ने छैन। बलात्कार आँखाबाट पनि हुन्छ। बलात्कार कसैको बोली र प्रयोग गरिने शब्दबाट पनि हुन्छ।

कसैले एउटा महिलाको नितम्ब र स्तनमा लगातार असहज महशुस गराउन्जेलसम्म हेरिरहन्छ र संवेदनशील अंग छुने कोशिस गर्छ भने त्यो पनि एउटा बलात्कार प्रयासका रूपमा आउँछ। कुनै सामूहिक जमघट वा साथीबीचमा त्यहाँ उपस्थित कोही महिलाको शारिरीक आकृतिलाई लिएर मजाक उडाइन्छ, उनको सामु यौनिक हाउभाउ र असभ्य शब्द बारम्बार प्रयोग गरिन्छ भने त्यो पनि एक प्रकारको सामूहिक बलात्कार हो। त्यसैले पनि हरेक व्यक्ति यो विषयमा चेतनशील हुन जरुरी छ।

सँगै सबैले बुझ्नु पर्ने अर्को कुरा, कहिलेकाहीँ दुई व्यक्तिबीच आपसी समझदारीमा सही र सुरक्षित ढंगले यौनसम्पर्क वा ‘लभ मेकिङ’ हुँदै गर्दा पनि त्यहाँ एक ‘पार्टनर’ बलात्कृत हुन सक्छ। यस्तो पनि हुन सक्छ र? भन्ने जमात समाजमा टन्नै होलान्। तर यो सबैले मनन गर्नुपर्ने एउटा गम्भीर विषय हो यो।

यौनसम्पर्कमा बलात्कार हुँदैन भन्नु गलत हो। एउटा प्रेमिका र एउटा श्रीमती पटकपटक बलात्कृत भएका उदाहरण थुप्रै छन्। फरक यत्ति हो, धेरैले यो कुरा भन्न चाहँदैनन्, बाहिर ल्याउन चाहँदैनन्। भनिहाल्यो वा बाहिरियो भने उल्टै म नराम्रो हुन्छु भन्ने डर उनीहरूमा हुन्छ। मेरो कुरा कसैले पत्याउँदैन, समाज हाँस्छन्, खिल्ली उडाउँछन् भन्ने त्रास हुन्छ।

त्यहीँमाथि कति महिलालाई त आफू बलात्कृत भइरहेको छु भन्ने पनि चेतना हुँदैन। सायद जतिखेर जहाँ पनि श्रीमान वा प्रेमीका लागि म तयार भएर बस्नु नै मेरो धर्म हो भन्ठान्छन्। यही कारण पनि उ पुरुषत्वको दम्भ, अहमता बढेर जान्छ। अनि उनीहरू सोच्छन्, यो मेरो श्रीमती हो, प्रेमिका हो जोसँग मेरो पटकपटक यौनसम्पर्क भइसकेको छ र मेरा लागि जतिखेर जहाँ पनि तयार हुनुपर्छ।

यदि उनले तपाईंलाई हिजो चुम्बन र यौनसम्पर्क गरिन् भने त्यसको मतलब यो हुँदैन कि उनी आज पनि तपाईंसँग यसका लागि तयार हुन्छिन्।

एउटा उदाहरण दिन्छु।

श्रीमतीले यौनसम्पर्क क्रममा ‘मुड’ फेरिएर गर्न चाहिनन् र रोक्न आग्रह गर्दा गर्दै पनि उनलाई श्रीमानले जबर्जस्ती गर्न खोजे भने, श्रीमती श्रीमानबाट बलात्कृत भएको मानिन्छ।

त्यसैगरी यदि यौन पेसामा संलग्न महिलालाई रकम दिएर यौनसम्पर्कका लागि तयार गरिन्छ तर केही कारणवश उनी तयार भइनन् र ‘नाइँ’ भनिन् भने पनि त्यो उनको अधिकार हुन्छ। उनको निर्णयको आदर गर्नु र मान्नु दोश्रो व्यक्तिको कर्तव्य हो। पैसा दिएको छु, तेरो पेसा हो भनेर उनले स्वीकृति नदिए पनि उनीमाथि जबर्जस्ती गरे त्यो बलात्कार हुन्छ।

यसरी एउटा श्रीमानबाट श्रीमती, प्रेमीबाट प्रेमिका, एउटा ‘सेक्सुअल पार्टनर’ र एउटा ग्राहकबाट यौनकर्मीको बलात्कार हुन सक्छ। कयौंले प्रत्यक्ष-अप्रत्यक्ष रूपमा यौनसम्पर्कका नाममा धेरै महिलालाई बलात्कार गरेका छन्। विभिन्न कारणवश महिलाहरूले खुलेर यिनीहरूको विरोध गर्न सक्दैनन्।

एउटा घटना उल्लेख गर्छु।

दुई वर्ष अगाडिको कुरा हो। अस्ट्रेलिया, मेल्वर्नमा एउटा नेपाली केटा बलात्कार आरोपमा साढे छ वर्षको लागि जेलमा परे। सन् २०१८ मा यो समाचारले अष्ट्रेलियाको राष्ट्रिय मिडियामा राम्रै स्थान पायो।

केटा बारम्बार भनिरहेका थिए, ‘हामी दुवैको मन्जुरीमै किस र सेक्स भएको हो। मैले बलात्कार गरेको होइन।’

स्वीडेनकी केटीको एउटै भनाइ थियो, ‘केटाले मसँग जबर्जस्ती सेक्स गरेको हो।’

सरर घटनाक्रम हेर्दा उनीहरू एउटै क्याफेमा केही समयदेखि सँगै काम गरिरहेका रहेछन्। छोटो समयमै उनीहरू ‘राम्रो साथी’ बनेछन्। जुन दिन घटना भयो, त्यो दिन दुवैले ‘पब’ मा गएर मदिरापान गरेछन्। लगत्तै उनीहरूको सहमतिमै चुम्बन भएको रहेछ।

यो सबै कुरा केटीले पनि स्वीकारेकी हुन्।

‘तर किस हुँदैमा मैले सेक्सका लागि स्वीकृति दिएको थिइनँ’ भनेर उनले तर्क दिइन्।

अदालतमा केटीपक्ष वकिलले पनि यही तर्कमा जोड दिए र भने, ‘किस गर्दैमा सेक्स अपिल भएको हुँदैन र उनी सेक्सका लागि रेडी छन् भनेर बुझ्नु पनि गलत हो।’

यही तर्कले अन्ततः जित्यो र नेपाली केटा दोषी ठहरिए।

यहाँ केटीले केटालाई नियोजित रूपमै फसइएको हो कि होइन, त्यो एउटा पाटो होला। तर यो घटनाले नेपाली तथा अरूलाई पनि ठूलो पाठ सिकाएको मैले महशुस गरेँ। दुई व्यक्तिबीच सहमतिमा चुम्बन हुन्छ तर असहमतिमा यौनसम्पर्क गरिन्छ भने त्यसलाई पनि बलात्कार नै मानिन्छ।

धेरै पुरुषहरू ‘मौनं स्वीकृतिः लक्षणम्’ अर्थात् मौनता सहमतिको सूचक हो भन्दै महिला मेरो प्रस्तावमा राजी भईन् भन्ठान्छन्।

त्यस्तै धेरै पुरुषहरूबीच अर्को प्रचलित भनाइ छ- केटीहरू सुरुमा हुन्न भन्छन्। तर उनीहरूको हुन्नमा नै हुन्छ लुकेको हुन्छ रे।

हुन्नको अर्थ त हुन्न नै हुन्छ नि हैन?

अनि त्यस्तै अर्को सस्तो र उराठ लाग्दो हिन्दी भनाइ नेपालमा पनि प्रचलित छ- लड्की हँसी तो फसी।

के अब केटीहरू केटाको सामु लजाएर र रमाएर हाँस्नै नहुने? उनीहरू हाँस्नु नै फस्नु हो?

यी त केही उदाहरण हुन्। अरू त्यस्ता धेरै विवादित र लैंगिक विभेदकारी भनाइ छन् जसले अप्रत्यक्ष रूपमा समाजलाई असर पारिरहेको छ र बलात्कारीले मौका पाइरहेको छ।

त्यहीँमाथि देश र जनताको जिम्मेवारी लिएर देश र कानुन बनाउन हिँडेकाहरूले सडकदेखि सदनसम्म र विभिन्न राष्ट्रिय सञ्चारमाध्यममा बलात्कारको मुद्दा हावामा उडाइदिँदा उनीहरूको सोचप्रति दया पनि लाग्छ आउँछ।

भूकम्पताका वामदेव गौतमले बलात्कारको विषयलाई लिएर भद्दा प्रतिक्रिया दिएका थिए। केही दिनअगाडि राष्ट्रपतिद्वारा मनोनित सांसद रामनारायण बिडारीले एउटा कार्यक्रममा साबालक अर्थात् उमेर पुगेका मान्छेको ९० प्रतिशत बलात्कार नै होइन, १० प्रतिशत चाँहि हुन सक्छ भने।

‘साबालकहरू सहमतिमा इन्जोय गर्ने अनि कुरा नमिलेपछि रेपको मुद्दा लगाइदिने? आज बिहे गर्ने, भोलि अंश मुद्दा दायर गर्ने अनि पर्सि सम्बन्ध विच्छेद गर्न मिल्छ?’ बिडारीको भनाइ हो यो।

आफूलाई विज्ञ भन्न रुचाउने उनले कोही महिला बिहेको रात पनि बलात्कारको सिकार हुन सक्छिन् भनेर पनि सोच्नुपर्ने होइन र?

बिडारीले यो पनि भनेका थिए- दुई वर्षपछि कोही म बलात्कृत भएको थिएँ भनेर मुद्दा हाल्न आउँछ भने त्यहाँ रेप नै भएको हुँदैन। त्यतिखेर नआउने अनि दुई वर्षपछि आएर बयान दिनु मनगढन्ते कुरा हो।

कानुन पढेको, न्यायका लागि वकालत गर्ने, संसदमा तर्किला कुरा गर्ने व्यक्तिले यस्तो फितलो तर्क दिँदा उनमा ज्ञान होइन अज्ञानता बढी रहेछ भन्ने भयो।

हाम्रो समाजमा एउटी महिला म बलात्कृत भएकी छु भनेर अगाडि आउन कति गाह्रो हुन्छ? कसैले यत्तिका वर्षसम्म आफूलाई मानसिक रूपमा तयार पारेर बोल्न चाहन्छिन् भने उनलाई मौका दिएर छानबिनतिर लाग्ने कि सरासर झुटो हो भन्दै मिल्काइदिने?

माननीयज्यूलाई सोध्छु, ‘कहिल्यै सोच्नुभएको छ, यत्तिका वर्ष आफूलाई बलात्कार गर्ने व्यक्तिलाई बारम्बार आफ्नै आँखाअगाडि देखिरहनुपर्ने अनि अपराधी खुलेआम हिडिरहँदा उनको मनमा कति विपत्ति पर्थ्यो होला?’ उनमा कति मानसिक आघातप पुग्थ्यो होला? अनि यही हालतमा बल र हिम्मt जुटाएर तपाईं सामु न्याय माग्न आउँछिन् भने तपाईंले त्यसको अपहेलना गर्न मिल्छ?

कानुन पेसा अँगालेका तपाईंले त यसो भन्नुहुन्छ भने हिजो जंगलमा उधूम मच्चाएर आउनुभएको गृहमन्त्री रामबहादुर थापाले अरू मुलुक हेरी हाम्रो देशमा बलात्कार सामान्य हो भन्दा केही आश्चर्य नै लागेन।’

गृहमन्त्रीले ‘गृह’ मा बढेका यस्ता घटना रोक्नु त कहाँ, झन् सामान्य विचार दिएर अपराधलाई हौसला दिएका छन्।

पछिल्लो समय नेताहरूले बलात्कार जस्तो गम्भीर कुरालाई एकदमै हल्का लिएको देख्दा यौन शिक्षा एउटा बलात्कारीलाई भन्दा पनि पुरुष नेतालाई चाहिएको देखियो। यदि उनीहरूले बलात्कार र यौनसम्पर्कको सही अर्थ र उद्देश्य बुझे भने सायद बलात्कारलाई कहिल्यै दुई व्यक्ति बीचको ‘इन्जोय’ भन्दैनन् होला।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah