नेकपा माओवादी केन्द्र बिर्तामोड नगरपालिकाले स्थानीय तहको निर्वाचनका लागि मेयर उपमेयरसहित १० वटै वडाको उम्मेद्वारी घोषणा गरेको छ ।

बिर्तामोडमा शुत्रवार उम्मेद्वारी घोषणाको कार्यक्रम आयोजना गरी मेयरमा सीपी कडरिया र उपमेयरमा लक्ष्मी न्यौपानेको नाम सार्वजनिक गरेको छ ।

त्यस्तै बिर्तामोड नगरपालिकाको १ नम्बर वडा अध्यक्षमा हाईकुमार राई, २ नम्बर वडा अध्यक्षमा नेठुलाल राजबंशी, ३ नम्बर वडा अध्यक्षमा चक्रप्रसाद बिमली, ४ नम्बर वडा अध्यक्षमा जनबहादुर जबेगु, ५ नम्बर वडा अध्यक्ष विरबहादुर दर्नाल, ६ नम्बर वडा अध्यक्षमा रामकृष्ण अधिकारी, ७ नम्बर वडा अध्यक्षमा नन्दकुमार उप्रेती, ८ नम्वर वडा अध्यक्षमा नवराज खतिवडा, ९ नम्बर वडा अध्यक्षमा मनप्रसाद लिम्बु, १० नम्वर वडा अध्यक्षमा रिमानध्वज लोक्तामले उम्मेद्वारी दिएका छन् ।

प्रत्येक वडामा खुल्ला सदस्य, दलित सदस्य, महिला सदस्य समेतले माओवादी केन्द्र बिर्तामोड नगरपालिकाको उम्मेद्वारी सार्वजनिक गरिएको छ ।

बिर्तामोड नगर कमिटिका अध्यक्ष कुवेर श्रेष्ठको अध्यक्षतामा भएको उम्मेद्वारी घोषणाका प्रमुख अतिथि पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश नम्बर १ का इन्चार्ज साबित्रीकुमार काफ्ले रहेका थिए ।

पार्टीकी निर्मला खतिवडाले स्वागत गरेको कार्यक्रममा पार्टीका जिल्ला संयोजक बिजय साम्पाङले उम्मेद्वा्रको नामावली बाचन गरेका थिए ।

उनले माओवादीले देशै जितेको जिकिर गरे उनले भने ‘ माओवादीले जे को लागि १४ हजार युवाको बलिदान गरेको थियो त्यो प्राप्त भइसकेको छ , परिणाम जस्तो सुकै आएपनि माआवादीले जितिसकेको छ ।’

कार्यक्रममा प्रमुख अतिथि, अतिथिहरुले उम्मेद्वारलाई खादा र अविर लगाइदिएका थिए । पार्टीका भूपाल सापकोटाले सञ्चालन गरेको कार्यक्रममा शिखर कडरिया, मोहन टुडु लगायतको उपस्थिति रहेको थियो ।सजिलो खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah