भारतको बिहार राज्यमा विधानसभा निर्वाचन अन्तर्गत बुधबार पहिलो चरणको मतदान सुरु भएको छ । बिहार विधानसभाको २४३ सिटमध्ये पहिलो चरणमा ७१ सिटका लागि मतदान भइरहेको छ । कोरोना महामारीका बीच पहिलो पटक बिहारमा मतदान भएको हो । नेशनल डेमोक्रेटिक अलाइन्स (एनडिए)का तर्फबाट ७१ सिटमध्ये मुख्यमन्त्री नितीश कुमारको पार्टी जनता दल युनाइटेड (जेडीयु) ३५ सिट, भारतीय जनता पार्टी (बीजेपी) २९, पूर्व मुख्यमन्त्री जीतनराम माझीको पार्टी हम–एस ६ र मुकेश सहनीको भीआइपीले एक सिटमा उम्मेदवारी दिएको छ ।

अर्कोतर्फ राष्ट्रिय जनता दल (आरजेडी) ले ४२, काँग्रेस आईले २१ र भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादी लेनिनवादीले ८ सिटमा उम्मेदवारी दिएको छ । तेस्रो ध्रुवका रुपमा लोक जनशक्ति पार्टीले ४१ सिटमा उम्मेदवारी दिएको छ । यो दल यस पटक एनडिएबाट अलग भएर चुनाव लड्दैछ । यस क्रममा पहिलो चरण अन्तर्गत लोक जनशक्ति पार्टीले जेडीयुका सबै अर्थात् ३५ उम्मेदवारविरुद्ध नै उसले आफ्ना प्रत्यासी खडा गरेको छ ।

पहिलो चरणको मतदानमा २ करोड १४ लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न सक्छन् ।
मतदानका लागि ३१ हजार ३७१ मत केन्द्र तोकिएका छन् । बिहारमा दोस्रो चरणको मतदान ३ नोभेम्बर र तेस्रो तथा अन्तिम चरणको मतदान ७ नोभेम्बरमा हुँदैछ । मत परिणाम भने १० नोभेम्बरमा एकसाथ सार्वजनिक गरिनेछ ।

प्रमुख उम्मेदवारहरु
पहिलो चरणको चुनावमा टाउन विधानसभा सिटमा सबैभन्दा बढी २७ उम्मेदवारको भाग्य परीक्षण हुँदैछ । बाँका जिल्लाको कटोरिया विधानसभा क्षेत्रमा सबैभन्दा कम अर्थात पाँच उम्मेदवार चुनावी मैदानमा छन् ।
पहिलो चरणको निर्वाचनमा कयौँ प्रमुख नेताहरुको भाग्य परीक्षण हुनेछ । राष्ट्रमण्डल खेलमा सुटिङमा स्वर्ण पदक दिलाएकी २७ वर्षीय श्रेयसी सिंह जमुईमा उम्मेदवार बनेकी छन् । उनी भाजपाको उम्मेदवार हुन् । जमुई लोकसभा क्षेत्रबाट चिराग पासवान निर्वाचित भएका थिए । उनले विधानसभा निर्वाचनमा श्रेयसीलाई समर्थन गरेका छन् । श्रेयसीविरुद्ध आरजेडीका विजयप्रकाश यादवले उम्मेदवारी दिएका छन् । विजयप्रकाश पूर्व केन्द्रीय मन्त्री जयप्रकाश यादवका भाइ हुन् । जयप्रकाशकी छोरी दिव्याप्रकाश पनि तारापुर विधानसभा क्षेत्रबाट उम्मेदवार बनेकी छन् ।

यस अतिरिक्त टाउनबाट भाजपाका प्रेमकुमार, लखीसरायबाट विजयकुमार सिन्हा, बाँकाबाट रामनारायण मण्डल, जहानाबादबाट कृष्णानन्दन प्रसाद, दिनाराबाट जयकुमार सिंह र राजपुरबाट सन्तोषकुमार निराला चुनावी मैदानमा छन् । यी सबै राज्य सरकारका मन्त्री छन् ।

इमामगञ्जबाट बिहारका पूर्वमुख्यमन्त्री जीतनराम माझी चुनावी मैदानमा छन् । उनलाई आरजेडीका उदयनारायण चौधरीले चुनौती दिएका छन् ।

प्रतिश्पर्धा
बिहार विधानसभा निर्वाचनमा यस पटक नितीशकुमार नेतृत्वको एनडिएलाई तेजस्वी नेतृत्व गठबन्धनले चुनौती दिएको छ । उनी विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा प्रस्तावित भएका छन् । नितीशकुमार चौथो पटक मुख्यमन्त्रीका लागि जनादेश माग गरिरहेका छन् । अर्कोतिर आरजेडी नेतृत्वको गठबन्धनमा काँग्रेस र वामपन्थी पार्टी सामेल छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनासम्बन्धी प्रोटोकल पालना गर्दै मतदानमा भाग लिन मतदातालाई आग्रह गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘सबै मतदातालाई मेरो आग्रह छ, कोभिडसम्बन्धी सावधानी अपनाएर लोकतन्त्रको यो पर्वमा आफ्नो सहभागिता सुनिश्चित गर्नुहोस् । दुई गजको दूरीलाई ध्यानमा राख्नुस्, मास्क अनिवार्य लगाउनुस् । याद राख्नुस्, पहिला मतदान, त्यसपछि जलपान ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah