अमेरिकाको भर्जिनियामा एक चिकित्सकलाई रोगीहरूमाथि अनावश्यक शल्यक्रिया गरेको आरोपमा ४६५ वर्षको कारावास सजाय सुनाइएको छ । स्त्रीरोग विशेषज्ञ डा जावेद परवेजले महिलाहरूलाई तर्साएर अनावश्यक शल्यक्रिया गर्ने गरेको पाइएपछि कडा सजाय सुनाइएको हो ।

डा परवेजले निजी तथा सरकारी बीमा कम्पनीहरूलाई लाखौं डलरको बिल थमाएर टन्न पैसा कमाएको अदालतको ठहर छ । सन् २०१० पछि उसले यस कामलाई तीव्रता दिएको बताइएको छ ।

अदालतको रेकर्डअनुसार, गर्भवती महिलाहरूलाई सिजेरियन गर्नका लागि डा परवेजले प्रेरित गर्ने गरेका थिए । हजारौं डलरको बिल उनले स्वास्थ्य बीमा कम्पनीहरूलाई थमाएर पैसा लुटेका थिए ।

परवेजले महिलाहरूलाई क्यान्सरबाट बच्नका लागि शल्यक्रिया आवश्यक छ भनी अनावश्यक रूपमा तर्साउने गरेका थिए । एफबीआईको नोरफोक फील्ड अफिसका विशेष एजेन्ट कार्ल शुमानले एक बयान दिँदै भने, ‘डा परवेजले रोगीहरूलाई स्थायी जटिलता, पीडा र चिन्ता दिने गरी शल्यक्रिया गरे अनि उनीहरूको निजताको हरण गर्दै भविष्य पनि बर्बाद पारिदिए ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah