काठमाडौं, १४ जेठ । भरतपुर महानगरको निर्वाचन कांग्रेस–माओवादी र एमालेका बीच महाभारत भन्दा कम भएन । अहिले पनि महाभारतको युद्ध मतगणनाबाट भइरहेको छ ।

दुबै पक्षले आफ्ना शक्ति लगाएका छन्, दुबै पक्षले आफ्नो जित सुनिश्चित छ भन्न थालेका छन् । यो महाभारतको नतिजाले दोश्रो चरणको स्थानीय तहको निर्वाचनमात्र होइन, यसपछि हुने प्रदेश र केन्द्रको निर्वाचन र त्यस पछिको ५ वर्षे शासनकाललाई समेत असर पार्नेछ ।

माओवादी केन्द्र र नेपाली कांग्रेस अर्थात सत्ता पक्षका प्रचण्ड र देउवाको समर्थनमा प्रचण्डपुत्री रेणु दाहाललाई मेयरमा लडाएका छन् भने एमालेका योद्धा बनेका छन् देवी ज्ञवाली । मत गणनामा दुबैको काँटोका टक्कर जारी छ । न देवीले जित्छु भन्न सकेका छन्, न रेणुले हार मानेकी छिन् । दुबै योद्धा मतगणना स्थलमा डटेर लडिरहेका छन् ।

रेणु दाहालले दावी गरेकी छिन्, झिनो मत अन्तरले भए पनि म जित्छु । देवी ज्ञवालीले भनेका छन्, मेरो चुनावी प्रतिस्पर्धा प्रचण्ड र देउवासँग हो ।

निश्चित रुपमा एमालेको प्रतिस्पर्धा सत्ताधारी प्रचण्ड र देउवासँग छ । यदि देवी ज्ञवालीले जिते भने सत्ताधारी दुई दलका लागि त्यो स्थिति भनेको लज्जाजनक हुनपुग्ने छ । यद्यपि मतगणनाको सुरु दिनदेखि आजसम्म पनि देवी ज्ञवालीले अग्रता लिइरहेकै छन् ।

महाभारतको युद्ध १८ दिनमा सकिएको थियो, भरतपुरको यो महाभारत १६ दिनमै सकिने भएको छ ।
निर्वाचन आयुक्तका अनुसार भोलि सम्ममा भरतपुरको महाभारतको टुङ्गो लाग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah