काठमाण्डाै – बीबीसीले बेलायती राजकुमारी डायनाले सन् १९९५ दिएको अन्तर्वार्ताको स्वतन्त्र जाँच गराउने जनाएको छ । खासमा डायनाका भाइ अर्ल स्पेन्सरले सन् १९९५ मा बीबीसीका पत्रकार मार्टिन बशीरले डायनालाई अन्तर्वार्ताको लागि मनाउन बैंकको नक्कली स्टेटमेन्टको प्रयोग गरेको आरोप लगाएका छन् ।

यो दाबीको जाँच गर्न बीबीसीले बेलायतका सबैभन्दा वरिष्ठ न्यायाधीशमध्ये एक लर्ड डायसनलाई जाँच प्रमुखको रुपमा नियुक्त गरेको छ । लर्ड डायसनसँग बेलायतको सर्वाेच्च अदालतको न्यायाधीश भएको अनुभव छ ।

बीबीसीका महानिर्देशक टिम डेभी भन्छन्, ‘बीबीसीको यो घटनापछिको सत्यता थाहा पाउनको लागि प्रतिबद्ध छ, यही कारण हामीले एक स्वतन्त्र जाँचको आदेश दिएका छौँ । लर्ड डायसन एक प्रख्यात र निकै सम्मानित व्यक्ति हुन्, जसले जाँचको नेतृत्व गर्नेछन् ।’

डायनाका भाइ अर्ल स्पेन्सरले यही महिनाको सुरुवातमा नै यस विषयको स्वतन्त्र जाँच गर्न मार्ग गर्दै भनेका थिए, ‘त्यो अन्तर्वार्ता पाउनको लागि सरासर बेइमानीको सहारा लिइएको थियो ।’

डेली मेलको एक रिपोर्टअनुसार अर्ल स्पेन्सरले टिम डेभीको नाम लेखिएको एक पत्रमा पत्रकार मार्टिन बशीर (सन् १९९५ मा डायनाको अन्तर्वार्ता लिने पत्रकार) ले नक्कली बैंक स्टेटमेन्ट्सको माध्यमबाट शाही घरानामा काम गर्ने दुई वरिष्ठ अधिकारीलाई डायनासँग जोडिएको जानकारी जुटाउनका लागि भुक्तान गरिएको उल्लेख गरेका थिए ।

उनले लेखेका छन्, ‘यदि मलाई यो नदेखाइएको भए म मार्टिन बशीरलाई कहिल्यै पनि मेरी बहिनी डायनासँग भेट गराउने थिइँन ।’

डेली मेललाई दिएको एक अन्तर्वार्तामा अर्ल स्पेन्सरले भनेका छन्, ‘मार्टिन बशीरले भेटका क्रममा डायनासम्म पुग्नका लागि शाही घरानाका कैयौँ वरिष्ठ व्यक्तिहरुविरुद्ध झुटा र मानहानीले भरिएको दाबी गरेका थिए ।’

बशीरले डायनाको निजी पत्र खोल्न लागिएको, उनको कारको पिछा गरिरहेको र फोन पनि ट्याप गरिरहेको दाबी गरेका थिए ।

५७ वर्षीय मार्टिन बशीर बीबीसी न्युजमा धार्मिक विषयका सम्पादक छन् ।

अहिले उनी मुटुको अपरेशन र कोभिड–१९ जस्ता स्वास्थ्य समस्याका कारण यी आरोपबारेमा उनले कुनै प्रतिक्रिया दिन सकेनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah