काठमाण्डाै – औषधि निर्माता कम्पनी फाइजर र उसको सहयोगी बायोटेकले अमेरिकामा कोभिड–१९ खोपको आपत्कालीन प्रयोगका अनुमति लिन आवेदन दिने भएको छ ।

अमेरिकी खाद्य एवं औषधि प्रशासन (एफडीए) ले यस कम्पनीको खोप सुरक्षित छ कि छैन भनेर निर्धारण गर्नेछ ।

यसका लागि एफडीएलाई कति समय लाग्छ भन्नेबारेमा यकिन भइसकेको छैन । यद्यपि अमेरिकी सरकार भने डिसेम्बरको दोस्रो हप्तासम्म खोपले अनुमति पाउनेमा आशावादी छ ।

यसअघि यो खोपको परीक्षणको क्रममा ६५ वर्ष भन्दामाथिका ९४ प्रतिशतमा प्रभावकारी देखिएको थियो ।

यस खोपको परीक्षणमा विश्वभर ४१ हजार जना सहभागी भएका थिए । सहभागीमध्ये आधालाई खोप र आधालाई डमी दिइएको थियो ।

बेलायतले यस खोपको चार करोड खेपका लागि अर्डर दिइसकेको छ र यो वर्षको अन्त्यसम्म एक करोड उपलब्ध हुने बताइएको छ ।

गएको हप्ता फाइजर र बायोटेकले प्रारम्भिक तथ्याङ्क प्रकाशित गर्दै खोप ९० प्रतिशत सुरक्षित रहेको र स्वास्थ्यलाई लिएर कुनै समस्या नभएको बताएको थियो । तर गएको बुधबार फेरि तथ्याङ्क सार्वजनिक गर्दै ९५ प्रतिशत सुरक्षित भएको बताएको हो ।

गएकाे बुधबार नै चीनले विकसित गरेको कोरोना भाइरस (काेभिड–१९) विरुद्धको एउटा खोपले ‘मध्य चरणमा सफलता पाएको’ अनुसन्धानकर्ताले बताएका थिए ।

अहिले विभिन्न कम्पनीका खोपहरु सुरक्षित भएको दाबी गरिँदै जाँदा खोपलाई लिएर आत्मविश्वास बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah