काठमाडौं। लागुऔषध प्रकरणमा चर्चित कमेडियन भारतीसिंह पक्राउ परिन्। नारकोटिक्स कन्ट्रोल ब्यूरोले शनिबार उनी र उनका श्रीमान् हर्षलाई नियन्त्रणमा लिएको थियो।
पक्राउ परेपछि उनी ट्रोलको सिकार बनेकी छिन्। सामाजिक सञ्जालमा उनले सन् २०१५ मा गरेको ट्वीट भाइरल बनेको हो।
उनले सन् २०१५ मा लागुऔषध नलिन दिएको सल्लाह अहिले चर्चामा आएको हो। उनले ट्वीटरमा लेखेकी थिइन्, ‘‘प्लिज ड्रग्स लिन बन्द गर्नुहोस्। यो तपाईंको स्वास्थ्यका लागि हानिकारक छ।’’
सिफारिस
कमेडियन भारती सिंह र उनका श्रीमान् पक्राउ, घरमा भेटियो गाँजा
लागुऔषध स्वाथ्यका लागि हानिकारक हुन्छ भनेर सल्लाह दिने भारती आफैं लागुऔषध प्रकरणमा पक्राउ परेपछि ट्रोलको सिकार बनेकी हुन्। उनको त्यो ट्वीटको स्क्रिनसट सेयर गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, ‘‘यो ट्वीटबाट सावित हुन्छ कि भारती सिंह कमेडियन हुन्, राम्रै जोक गर्छिन्।’’
लागुऔषधमा उनको नाम कसरी आयो?
शुक्रबार एक लागुऔषधका पेशेवर प्रयोगकर्तालाई ब्यूरोले सोधपछका लागि नियन्त्रणमा लियो। सोधपुछका क्रममा उनले भारती र हर्षको नाम लिएका थिए। त्यसपछि शनिबार साँझ ब्यूरोले घर र अफिसमा छापा मारेको थियो। प्रहरीले उनीहरूको घरबाट ८६.५ ग्राम गाँजा बरामद गरेको थियो।
सिफारिस
कमेडियन भारती सिंहको गिरफ्तारीपछि बलिउडकर्मीमा देखिएको त्रास
नियन्त्रणमा लिएर सोधपुछको क्रममा भारती र हर्षले गाँजा सेवन गर्ने गरेको स्वीकार गरेका थिए। भारती पक्राउ परेपछि हर्षसँग १८ घण्टा सोधपुछ गरेको थियो। सोधपुछका क्रममा उनले पनि स्वीकार गरेका थिए।
पक्राउ परेका दुवै जनालाई ६ महिनाको जेल सजाय हुनसक्ने बताइएको छ। भारतको कानुनअनुसार एक किलोभन्दा कमको गाँँजालाई थोरै परिमाणको मानिन्छ। त्यसका लागि ६ महिना जेल सजाय वा १० हजार जरिवाना वा दुवै सजाय हुन सक्छ।



