बलिउड नायिका आलिया भट्ट सोसल मिडियामा निकै सक्रिय छिन् । नायिका सोसल मिडियामा आफ्ना थुप्रै तस्बिर र भिडियो सेयर गरिरहन्छिन् । आलियाको पोस्टलाई उनका प्रशंसकले निकै मन पनि पराउँछन् । हालै नायिकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा तस्बिर सेयर गरिन् । फोटोमा आलियाको ‘क्यूटनेस’ को चर्चा भइरहेको छ ।

आलियाले आफ्नो घर पालुवा बिरालो एडवर्डसँग खिचेको आफ्नो तस्बिर सेयर गरेकी छिन् जसलाई उनले आफ्नो म्युज बताइन् । आलियाले यो फोटोमा एडवर्डलाई बोकेर हेरिरहेक छिन् । यी दुईको यो फोटो धेरैलाई मन परेको छ ।

यो तस्बिरमा अमिताभ बच्चनले पनि कमेन्ट गरेका छन् । उनले उक्त तस्बिरमा आफूलाई बिरालो मन नपर्ने बताएका छन् । उनले लेखेका छन्, ‘यसले थुप्रै महिलालाई उदास गर्नेछ तर मलाई बिरामी रत्ति पनि मनपर्दैन । तर तिम्रो अनुहारको यो एक्सप्रेसनले मलाई बिरालोलाई प्रेम गर्न सिकाएको छ । ’

अमिताभ बच्चनको यो कमेन्टमा मानिसहरुले आफ्नो प्रतिक्रिया दिइरहेका छन् ।

यस्तै आलियाकी दिदी शाहिनले पनि नायिकासँगको फोटो सेयर गरेकी छिन् । फोटोमा शाहिनले क्याप्सन लेखेकी छिन्, ‘लकडाउनको मोटोपन लुकाउने टिप नम्बर २७ः आफ्नी बहिनीको टाउकोलाई आफूभन्दा अघि राख ताकि मानिसहरु उनको क्यूटनेसमा ध्यान दिन थालून् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah