जिल्लाको विकट जुगल गाउँपालिकाको उपाध्यक्षमा २३ वर्षकी सिर्जना तामाङले दुई हजार ७४६ मतका साथ विजयी भएसंगै सवैभन्दा कम उमेरकी जनप्रतिनिधी भएकी छिन् ।

तामाङकी प्रतिद्वन्द्वी माओवादी केन्द्रकी अम्विका नेपालले दुई हजार ३८९ मत मात्र प्राप्त गरिन्।  दश वर्षे सशस्त्र युद्ध लडेको माओवादीकी उम्मेदवार अम्बिकालाई ३५७ मतले पछि पार्दै उनले आफ्नो जीत दर्ज गराएकी हुन । जिल्लाको सवै गाँउ तथा नगरपालिकामा महिलालाई उपाध्यक्षमा नै सीमित बनाइएको थियो ।

१२ वटा स्थानीय तह रहेको जिल्लामा सवै उपाध्यक्ष महिला बनेका छन् ।पहिलो त यो विकट ठाँउमा शैक्षिक सुधारको काम अपरिहार्य छ । भर्ना भएका बालबालिका दश कक्षामा पुग्दा दश प्रतिशत मात्र हुन्छन् ।

यो गरिवीको कारण पनि हो । शैक्षिक सुधारमा फड्को मार्न सके जुगल विकास सहज हुने तामाङको वुझाई छ । भूगोल अनुसार उच्च शिक्षाको ब्यवस्था गर्ने उनले आफ्नो योजना सुनाईन् ।

एक चक्की सिटामोल नपाएर ज्यान वच्न नसकेको कयांै घटना सिर्जनाको सम्झनामा छ । न नजिक कतै अस्पताल छ न त सडक नै ? तर जुगल अनेकन् जडीवुटीले धनी छ ।

सडकलगायत पूर्वाधार विकास सँगै स्वास्थ्य सुधार पनि अवको समृद्धिको आधार हो । पर्यटकीय क्षेत्रको रुपमा बिकसित गरि सडक सञ्जाल जोड्ने उनको योजना छ । जडीवुटी संकलन र प्रशोधन गर्र्री जुगल समृद्ध वनाउने उनी सुनाउँछिन् ।

विकट र पिछडीएको यहाँका महिलाको अवस्था झनै पीडादायी छ । महिलाको अवस्था सुधार्ने प्रारम्भिक योजना सुनाउँदै उनी भन्छिन्, ‘सुरक्षित मातृत्ववारे सचेतना जगाउने कार्यक्रम घरघरमा पु¥याउने लक्ष्य उनको छ ।

जिल्लालाई साक्षर घोषणा गरे पनि त्यसको असर जुगलमा छैन । साक्षरता वृद्धि गर्ने छु’– युवा जमातको भिजनले देश बदलिने भएकाले पार्टीले युवा जमातलाई अघि सारेको दाबी तामाङको छ ।

जुगल गाउँपालिका भौगोलिक रूपले विकट छ । सामान्य पुर्वाधार विकासवाट आफ्नो काम सुरु गर्ने योजना सुनाउँदै तामाङ भन्छिन्, ‘हाम्रो गाउँपालिका भौगोलिक, आर्थिक, शैक्षिक सबै पक्षमा कमजोर छ । सुरुमा स्थानीयको जनचेतना वृद्धि गर्न आवश्यक हुन्छ ।

पहिला आफ्नो घर बदल्ने प्रयत्न गरौँ अनि मात्र गाउँको विकास सम्भव हुन्छ ।’ सामान्य परिवारमा जन्मिएकी तामाङ २०६३ सालदेखि राजनीतिमा सक्रिय भएकी हुन्। ।

कलिलो उमेरबाट राजनीतिमा लागेकी उनी अहिले आफ्नो गाउँपालिका बदल्ने नयाँ भिजन लिएर अगाडि बढिरहेको बताउँछिन्। । जुगल गाउँपालिका सडक, यातायात, विद्युत, सञ्चारलगायतका क्षेत्रमा पछि परेको छ । गाउँपालिकाको विकासमा निरन्तर लागिरहने उनको योजना छ ।

‘मेरो कर्तव्य भनेकै मेरो ठाउँको विकास हो । मलाई जनताले यो स्थान दिएका छन’, उनी भन्छिन, ‘यसलाई म पुरा गरेरै छाड्छु ।’

सिन्धुपाल्चोक २०७२ बैशाखको भूकम्पबाट अतिप्रभावित जिल्ला भएकाले आफ्नो पहिलो पहल पुनर्निर्माणमा रहने समेत उनले बताइन्। । ‘धेरैको बास दुई वर्षसम्म टहरोमा कटिरहेको छ’, तामाङ भन्छिन, ‘उनीहरूलाई व्यवस्थित छानामुनि बसाउने मेरो पहिलो जिम्मेवारी हो ।’

यस गाउँपालिकाबाट अध्यक्षमा एमालेकै होमनारायण श्रेष्ठ विजयी भए । निकटतम प्रतिद्वन्द्वी माओवादीका रेशम स्याङ्वालाई पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन्। ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah