भरतपुरमहानगरपालिकामा माओबादी कार्यकर्ताहरुले हार्ने अवस्था आएपछि मतपत्र च्यातेको भन्दै एमालेले लोकतन्त्र बचाउनका लागि त्यस्तालाइ कार्वाही गर्दै मतगणना अघि बढाउन माग गरेको छ । माओबादी केन्द्र र नेपाली काँग्रेस लगायतका कम मत ल्याएका उम्मेदवारहरुले पुन मतदान माग गरेकाछन् ।

भरतपुरमा एमालेको अगुवाइमा यहाँका नागरिकहरु लोकतन्त्र बचाउनका लागि भएपनि मतगणना शुरु गरिनु पर्ने र हार्नेले हार स्विकार गर्नु पर्ने भन्दै सडकमा समेत आएकाछन् । एमालेका मेयरका उम्मेदवार देबीप्रसाद ज्ञवाली त सत्याग्रह नै शुरु गरेकाछन् । हिजोदेखि उनि मतगणनास्थलमा धर्ना बसेकाछन् । यसमा एमाले महासचिब इश्वर पोखरेल गएर समर्थन पनि जनाए ।

मतगणना अघि बढाउन अनुरोध गर्दै ज्ञवालीले हार भए त्यसलाइ स्वीकार्ने भन्दै जनताको अभिमतमाथि खेलवाड गर्ने अधिकार कसैलाइ नभएको बताएकाछन् । उनले जनमतको धज्जि उडाएर फेरी निर्वाचन गराउृने षडयन्त्र भएमा भरतपुरबासीले त्यो स्वीकार नगर्ने उनले चेतावनी दिए ।

भरतपुरमा मतगणना रोकिएपछि स्थानीयमा निराशा छ भने देबीमाथि अन्याय भएको भन्दै सहानूभुति दर्शाउनेहरुको कमी छैन । सत्तापक्षधर र बिपक्षहरु एकअर्कामा आरोप लगाउदै आएकाछन् । निर्वाचन आयोगले आज नै सम्भवत प्रतिबेदन बुझाउने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah