बेलायतको योर्कशायरमा पूर्व ग्ल्यामर मोडल ट्रेसी डिक्सनले प्रहरीविरुद्ध मुद्दा जितेकी छिन् । ट्रेसीका अनुसार जब उनी आफ्नो घरको आँगनमा नग्न भएर घाम तापिरहेकी थिइन् तब ती प्रहरीले हेलिकोप्टरको प्रयोग गरेर उनको भिडियो बनाएका हुन् ।

ट्रेसीले यो मामिलामा लगभग दुई करोडको मानहानीको दाबी गरेकी थिइन् । मिरर वेबसाइटको एक रिपोर्ट अनुसार यो मामिलामा प्रहरीले आफूले ट्रेसीसँग सेटलमेन्ट गरिसकेको बताएका छन् । यद्यपि, २ करोडको मानहानीको विषयमा प्रहरी मौन छ ।

ट्रेसीका अनुसार यी व्यक्ति सरकारी हेलिकोप्टरको प्रयोग आफ्नो मनोरञ्जनका लागि गर्दथे र अपराधीमाथि निगरानी राख्नुको साटो यस्ता प्रहरी सर्वसाधारणका लागि खतरा बन्ने गर्छन् । ५४ वर्षकी ट्रेसीले ती प्रहरीले आफ्नो गोपनियताको हनन गरेको र यो घटनाका कारण आफूले मानसिक रुपमा असाध्यै समस्या झेल्नुपरेको बताइन् ।

ट्रेसी भन्छिन्, ‘यी प्रहरी अधिकारीले यस्ता घटिया व्यवहार यसअघि कतिपटक गरे भनेर भन्न अस्विकार गरे ।’

यस्तै ५४ वर्षका पूर्व कन्स्टेबल एद्रियान पोगमोरले आफूले दक्षिण योर्कशायरको प्रहरीको हेलिकोप्टरको प्रयोग गरेर ट्रेसीको जासुसी गरेको स्विकारे । यो सरकारी हेलिकोप्टरमा निकै शक्तिशाली क्यामरा राखिएको छ जसले गाडीमा राखिएको नम्बर प्लेटलाई ३ किलोमिटर टाढाबाट पनि स्पष्ट रुपमा देखिन्थ्यो ।

यी प्रहरीसँग एउटै स्कूलमा पढेकी थिइन् ट्रेसीः

ट्रेसीले दिएको जानकारी अनुसार उनी र पोगमोर एउटै स्कूलमा पढेका हुन् र उनलाई पोगमोरले कतै उनलाई वर्षौंदेखि गोप्य तरिकाले पिछा गरिरहेका त थिएनन् भन्ने चिन्छा छ ।

ट्रेसीले मिरर वेबसाइटसँगको कुराकानीमा यो घटनापछि प्रहरीमा आफ्नो विश्वास गुमेको बताएकी छिन् । पोगमोर साउथ योर्कशायर प्रहरीको एयर सपोर्ट युनिटमा काम गर्दथे । उनीमाथि २ मिलियन पाउन्डको यो हेलिकोप्टरको क्यामराको सहाराले एक जोडीको सेक्स भिडियो पनि सुट गरिसकेको आरोप लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah