एजेन्सी । एउटा ठूलो रोगको प्रकोप कति धेरै घातक र अस्थिरताको कारक बन्न सक्छ भन्ने कोरोना भाइरस महामारीले अनुभव गराएको छ। आउँदै गरेका खोपका माझ यतिखेर मानिसको एउटै आशा छिट्टै सामान्य जनजीवनमा फर्कने छ।

तर खोपको सहायताले सामना गरिएको यो पहिलो रोग भने होइन। यहाँ मानिसको जीवनलाई रूपान्तरण गरेका केही खोप कार्यक्रमलाई फर्केर देखाइएको छ।

बिफर
खोप अभियानको अहिलेसम्मकै ठूलो शत्रु बिफर हो तर यो सबैभन्दा ठूलो सफलताको कथा पनि बन्यो। बीसौँ शताब्दीमा मात्र यस रोगले ३० करोड मानिसको ज्यान लिएको थियो। र त्यसअघि समेत दशौँ लाख मानिसले यसका कारण ज्यान गुमाएको विश्वास गरिन्छ।

निकै संक्रामक बिफरको भाइरसको हमलामा पर्ने झण्डै ३० प्रतिशतले ज्यान गुमाएका थिए। यसले धेरैजसो शरीरभर पीडा दिने गिर्खाहरू उत्पन्न गराउँथ्यो। बाँचेकामध्ये पनि धेरै दृष्टिविहीन वा अन्य शारीरिक समस्याबाट ग्रस्त हुन पुगे।

त्यसअघि चीन, भारत, अफ्रिकादेखि टर्की हुँदै ब्रिटेनसम्म नवौँ शताब्दीदेखि चलिआएका विभिन्न परम्परागत उपायहरू यस रोगको निदानका लागि प्रयोग हुन्थे। ब्रिटेनमा सन् १७९६ मा एडवर्ड जेनरले यसको खोप विकास गरेका थिए। परम्परागत उपायभन्दा उक्त खोप निकै प्रभावकारी रहे पनि त्यसको प्रगतिदर निकै सुस्त थियो।

सन् १९६७ मा व्यापक खोप कार्यक्रम शुरु गरिएपछि मात्र यो रोग नियन्त्रणमा आएको थियो। यो रोगको भाइरस यतिखेर रुस र अमेरिकाको निकै सुरक्षित प्रयोगशालामा मात्र बाँकी छ।

पोलियो
यस रोगले ज्यान लिने मानिसको संख्या केही कम भएको भए पनि बाँच्नेका हकमा यो रोग बिफरको तुलनामा बढी क्रूर हो। खासगरी कलिला बालबालिकामा प्रभाव पार्ने यसको भाइरस मुखमार्फत् शरीरमा प्रवेश गर्छ र रगतमार्फत् अन्तिममा स्नायु प्रणालीमा हमला गर्छ। दुई सयमध्ये एक घटनाका हकमा यसले निको नहुने पक्षघात सिर्जना गर्छ।

श्वासप्रश्वासको मांसपेशीले काम नगर्दा पक्षघात सामना गर्ने १० जनामध्ये एकजनाको मृत्यु हुनेगर्छ। सख्त प्रभावित हुने मानिसका लागि धेरै गर्न सकिने भनेको उसलाई श्वासप्रश्वासमा सघाउन सन् १९२० को दशकमा विकास गरिएको शरीर ढाक्ने फलामे उपकरणमा राख्नु हुन्थ्यो।

रोग लागेका धेरैले फलामे फोक्सोको रूपमा विकास गरिएको उक्त उपकरणमा कयौँ साता बिताउँथे। तर केहीले भने हलचल गर्न नसकीकन बाँकी जीवन नै त्यसरी काट्नुपर्थ्यो।

बिफरजस्तो शरीरबाहिर कुनै लक्षण नदेखिने भएकाले समेत यो संक्रामक रोग हो भन्ने थाहा पाउने काम सन् १९०५ मा भएको थियो।खासगरी स्वच्छ पानीको व्यवस्था नभएका गरिब देशमा धेरै संख्यामा बालबालिकामा यस रोगले पक्षघात निम्त्याएको थियो।

तर सन् १९५२ मा अमेरिकी चिकित्सक जोनस सल्कले यसको पहिलो खोप विकास गरे। त्यसलाई सन् १९६१ मा अल्बर्ट सबिनले परिस्कृत संस्करण निकालेर सुईबाट नभई मुखबाटै लिन सकिने गराए। तर अमेरिकाको औषधि इतिहासकै एउटा खराब गल्तीका कारण एक लाखभन्दा धेरै मात्रामा जीवित पोलियो भाइरस रहँदा १६० जना बालबालिकामा पूर्णरूपमा पक्षघात देखियो भने १० जनाले ज्यान गुमाए।

तर यस रोगविरुद्ध अभियान रोकिएन। र पछि विश्व स्वास्थ्य सङ्गठनले यसलाई आफ्ना ठूला खोप कार्यक्रममार्फत् संसारभर वितरण गर्यो।अहिले वार्षिक केही दर्जन घटना देखिने पोलियो प्राकृतिक रूपमा अफगानिस्तान र पाकिस्तानमा मात्र छ।

दादुरा
दादुरा एउटा सफलताको कथा भए पनि खोप अभियानको एउटा असफलताको कथा हो। पछिल्ला वर्षमा अफ्रिकामा फैलिएको इबोला प्रकोपले विश्वव्यापी चासो सिर्जना गर्दा त्यसबाट ज्यान गुमाउनेहरू २० हजारभन्दा कमको संख्यामा थिए।

तर दादुराले बर्सेनि झण्डै एक लाख ४० हजारको ज्यान लिइरहेको छ। त्यस्तो मृत्युको सङ्ख्या सन् १९६३ यता खोप उपलब्ध हुँदाहुँदै पनि देखिएको हो। यो निकै सङ्क्रामक भाइरस खोकी वा प्रत्यक्ष संशर्गका बेला फैलने गर्छ र त्यसले ज्वरोका साथै शरीरमा डाम उत्पन्न गराउँछ।

त्यसको जटिलताले झाडापखला, निमोनिया र मस्तिष्क सुन्निने अवस्थाको सिर्जना गराइ मृत्युसम्म गराउँछ। खोपको विकासले बर्सेनि हुने २६ लाख संख्यामा मृत्युदरलाई निकै घटाएको थियो।

तर यो यति धेरै संक्रामक थियो कि ९५ प्रतिसतभन्दा थोरै मानिसलाई खोप लगाइएको ठाउँमा यो फैलिइहाल्थ्यो। त्यसैले खोप हुँदाहुँदै पनि धेरै ठाउँमा यस रोगको सङ्कट उच्च थियो। विकसित देशमा मृत्युदर कम भए पनि बाँकी भागमा भने त्यसको खराब अवस्था पाइएको थियो।

मलेरिया
आजका दिनमा विश्वको झण्डै आधा जनसङ्ख्या मलेरिया परजीवीको जोखिममा छ। लामखुट्टेबाट फैलने यस रोगले बर्सेनि झण्डै चार लाख मानिसको ज्यान लिने गर्छ। अहिलेसम्म मलेरियाको कुनै खोप नभएपनि ३२ वर्षको अध्ययन र ७० करोड डलर खर्चिएपछि एउटा खोप आउने क्रममा छ।

ऐतिहासिक समयदेखि नै यस रोगले मानिसलाई असर गर्ने गरेको छ र यसको योगदान मानवजातिको विकासक्रमसँग समेत जोडिने गर्छ। अहिले यस रोगबाट हुने ९५ प्रतिशत मृत्यु अफ्रिकामा हुन्छ।

झुल लगाउने वा संक्रमणबाट बच्न औषधि सेवन गर्नेजस्ता अन्य थुप्रै उपाय भए पनि यसबीच लामखुट्टे र परजीवी दुवै ती उपायसँग जुध्न सक्ने भइदिएका छन्।

अहिलेसम्म त्यसको कुनै खोप नभएपनि ३२ वर्षको अध्ययन र ७० करोड डलर खर्चिएपछि एउटा खोप आउने क्रममा छ। परीक्षणका क्रममा त्यो ४० प्रतिशत प्रभावकारी देखिएको छ र त्यसले चार वर्षसम्म रोगबाट बचाउनेछ।

त्यस्तो विवरण अन्य मुख्य खोपका तुलनामा निकै कमजोर दरको हो। त्यसमाथि यो निदान पूरा हुन चार मात्रा लगाउनु पर्नेछ।

यस्तो भए पनि चिकित्सक खोप कार्यक्रमबाट आशावादी छन् जुन मलावी, घाना र केन्यामा सन् २०२३ सम्मका लागि जारी छ। बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah