वायरलेस कम्प्युटरका जनक नार्मन अब्रासनको निधन भएको छ । लामो समयदेखि छालाको क्यान्सरबाट पीडित अब्रामसनको ८८ वर्षको उमेरमा शनिबार निधन भएको हो ।
क्यान्सरका कारण उनको फोक्सोमा मेटास्टेसिस भएको थियो । अब्रामसनको जन्म १ अप्रिल १९३२ मा भएको थियो । १९९४ सम्म सेवानिवृत हुनेबेलासम्म उनी हवाईमा प्रोफेसरका रुपमा कार्यरत थिए ।
अब्रामसनलाई सञ्चार क्षेत्रमा वायरलेस कम्प्युटर नेटवर्कका जनक मानिन्छ । उनलाई प्रारम्भिक वायरलेस नेटवर्क एलएलओएचएनेट बनाउनका लागि चिनिन्छ ।
यसको निर्माणपछि उनले यसलाई आधुनिक स्याटलाइट, फोन र कम्प्युटर नेवर्कमा गरे ।
हवाई विश्वविद्यालयमा अब्रामसनको पहिलो परियोजनामध्ये एक स्कुललाई दुरस्थ भौगोलिक स्थितिबाट अमेरिकालाई तथ्यांक पठाउने र प्राप्त गर्न मद्दत गर्ने रेडियो प्रविधिको विकास गर्नु पनि थियो ।



