काठमाडौं । विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा दुबइमा बनाएर विश्व कीर्तिमान कायम गरेको युएइले सबैभन्दा छोटो समयमै अहिलेसम्मकै अग्लो भवन ढालेर विश्व कीर्तिमान कायम गरेको छ ।

युएइले १ सय ४४ तलाको एक गगनचुम्बी भवनलाई मात्र १० सेकेण्डमै ढालेर माटोमा मिलाउँदै गिनिज बुकमा कीर्तिमान दर्ज गराएको हो । अहिलेसम्म दुनियामा यति अग्लो भवन यति थोरै समयमा ढलाइएकै थिएन ।

मीना प्लाजा नामक उक्त टावरको उचाइ १ सय ६५ मिटर थियो । सो भवनलाई डाइनामाइट विस्फोट गराएर क्षणभरमै ध्वस्त पारिएको हो । सो भवन धुलिसात पार्नका लागि ९ सय १५ केजी विस्फोटक पदार्थको प्रयोग गरिएको थियो । विस्फोटका लागि ३ हजारभन्दा धेरै डेटोनेटर जडान गरिएको थियो ।

उक्त गगनचुम्बी भवन पलभरमै माटोमा मिलाएको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ ।

भवन ढाल्नेबित्तिकै अबुधावीस्थित मिडिया कार्यालय तथा अबुधावी नगरपालिका र परिवहन विभागले सोको जानकारी दिएका थिए । भवन गिराउनु अगाडि आसपासका पसल तथा बजारहरु अस्थायी रुपमा बन्द गराइएको थियो ।

उक्त १ सय ४४ तले भवनलाई गत महिना युएइको अवुधावीस्थित मोर्डन प्रपर्टिज नामक कम्पनीले खरीद गरेको थियो । र, सोही कम्पनीले उक्त भवन ध्वस्त पारेको हो । उक्त जग्गालाई कम्पनीले केमा प्रयोग गर्नेछ भन्नेचाहिँ खुलेको छैन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah