याेग गुरु राजेन्द्र सापकाेटा
योग प्राचिन समयदेखि शरिर र मनलाई नियन्त्रण गरेर जीवन सहज बनाउने बिधि हो । कसैले शरिर सन्तुलनका लागि योग गर्ने गर्दछन्, त कसैले मानसिक विकासका लािग । आआफ्नो क्षेमता र आवश्यकता अनुसार योगलाई उपायोग गरिन्छ । गर्न सकिन्छ ।
पतंजली योगशास्त्रमा योगको एउटा परिभाषा छ “स्थिर सुख्खम् आसनम् ।” अर्थात् योग भनेको त्यो शारिरीक अवस्था हो जुन अवस्थामा शरिर र मन शान्त भएर रहन्छन् । र, चेतना उच्चतम विन्दुसम्म विकासका लागि तयार रहन्छ ।
योगका केही आसनहरु यस्ता छन्, जो मोटोपन हासिल गर्नका लागि अत्यान्तै उपायोगी मानिन्छन् । यसो भनेर आसन गर्दैमा मोटाइ हाल्ने चैं होइन । ती आसनहरु गर्दा शरिरमा मोटाउन आवश्यक पर्ने टि २, ३ हर्मोनको उपयुक्त सन्तुलन बन्दछ र ती आसनले शरिलाई मोटो हुन ठूलो भूमिका खेल्छ ।
योग गरेर मोटोपना घटाइन्छ, यो सबैलाई थाहा छ । तर, योग गरेर मोटाउन पनि सकिन्छ, यो कमैलाई थाहा छ । तर आसन मात्र गरेर मात्रै मोटाइदैन । साथमा श्रमअनुसारको बचत हुने गरि क्यालोरी पनि हिसाब गरेरै खानु पर्ने हुन्छ । निन्द्रा र तनाव मिलाउनु पर्ने हुन्छ ।
भुजाङ्गासन
तनाव, पाचन समस्या र ढाड कम्मर काँध दुखाइबाट मुक्ति पाउने सबैभन्दा सरल उपाय भनेको भुजाङ्गासन हो । यस आसन गर्दा घोप्टो परेर सुत्नु पर्ने हुन्छ । दुबै हात काँधको छेउमा राख्ने । अब टाउको सिधा बनाए सामुन्य हेर्ने । लामो सास तान्ने, श्वास बिस्तार फाल्दै टाउको छातीलाई माथि उठाउने । पेट भने जमिनमा नै हुनु पर्छ । सकेसम्म नाइटो पनि उठ्नु हुँदैंन । जती जती शरिर माथि उठ्दै जान्छ, त्यती नै स्वास फाल्दै जाने । जव छातीलाई पुर्ण मात्रामा उठाइन्छ, तव सामान्य स्वास लिने र छाड्ने । आँखा आकास तर्फ र्फकाउने वा आँखालाई दुई आँखी भौंको बीचमा केन्द्रित गर्ने वा आँखा बन्द गर्ने । स्वास आरामदाय हुनु पर्ने छ । सुरु सुरुमा ३० सेकेन्ड र बानी पर्दै गएपछि ३ वा ५ मिनेटसम्म गर्न सकिन्छ ।
बज्रासन
यस आसनलाई हनुमान आसन पनि भन्ने गरिन्छ । यो आसन गर्न अत्यान्त सहज छ । दुई घुँडालाई मोडेर पछाडी लैजाने । पीडुलाभन्दा माथि तिघ्रा रहोस् । दुई कुरकुच्चामाथि नितम्ब रहोस् । ढाड कम्मर काँघ सबै सिधा रहोस् । आँखाको हेराई समानान्तर उचाईमा रहोस् वा आँखी भौंको बीचमा केन्द्रित गर्ने । वा आँखा बन्द गर्ने । स्वास आरामदाय हुनु पर्ने छ । सुरु सुरुमा ३० सेकेन्ड र पछी हुँदै जादाँ ३ वा ५ मिनेट सम्म गर्न सकिन्छ ।
पवन मुक्तासन
आरमसँग जमिनमा उत्तानो परेर सुत्ने । शरिर सिधा रहोस् । लामो श्वास तान्ने । दाहिने खुट्टालाई बिस्तारै स्वास छोड्दै, घँुडालाई मोडेर हातले समाउले र तान्दै तान्दै तिघ्राले पेट र छातीलाई राम्रोसँग छुवाउने । पुर्णरुपमा स्वास फाल्दै फोक्सोलाई खाली गर्ने । एक क्षण सम्पूर्ण प्रकृयालाई त्यही रोक्ने । विस्तारै स्वास तान्ने । खुट्टालाई विस्तारै सिधा बनाउदै पुरानै अवस्थामा राख्ने । फोक्सो पूर्ण रुपमा फुलेको होस् । फेरी देब्रे खुट्टालाई बिस्तारै स्वास छोड्दै, घँुडालाई मोडेर हातले समाउले र तान्दै तान्दै तिघ्राले पेटलाई छातीलाई राम्रोसँग छुवाउने । पूर्णरुपमा स्वास फाल्दै फोक्सोलाई खाली गर्ने । एक क्षण सम्पुर्ण प्रकृयालाई त्यही रोक्ने । विस्तारै स्वास तान्ने । खुट्टालाई विस्तारै सिधा बनाउदै पुरानै अवस्थामा राख्ने । फोक्सो पुर्ण रुपमा फुलेको होस् । यो प्रकृया अत्यान्त बिस्तारै हुनु पर्ने छ । सुरुमा तीन पल्ट दाँया र तिन पल्ट बाँया गर्ने । पछी १० पल्ट दाँयाँ र १० पल्ट बाँया गर्ने ।
मत्यआसन
आरामसँग उत्तानो परेर सुत्ने । हातलाई सम्मरको छेउछाउ जमिनमा राख्ने । लामो श्वास तान्ने । बिस्तारै चिउडो र छातीलाई उठाउने । तालुले भुई छुने । घाँटी तन्किएको होस् । श्वास सामान्य फेर्ने ३ सेकेन्ड देखि ३ मिनेट सम्म आसन गर्न गर्न सकिन्छ ।
सर्वागासन
आरमसँग जमिनमा उत्तानो परेर पल्टने । हात कम्मरको छेउछाउ सिधा राख्ने । लामो श्वास तान्ने । श्वास फाल्दै घुँडा खुम्च्याउने । घँडालाई चिउडो छेउ लग्ने । कम्मरलाई माथि उठाउने । हात बंग्याएर कुहिनाको बलमा हत्केलाले कम्मलाई अड्याउने । यो अवस्थामा सम्पूर्ण शरिरको तैल काँधमा पर्न जान्छ । बिस्तारै खुट्टालाई सिधा बनाउने । शरिर काँधको बलमा उभेको होस् । सामान्य श्वास फेर्दै ३० सेकेन्ड देखि १०–१५ मिनेट सम्म गर्न सकिन्छ ।
सवासन
उत्तानो परेर पल्टने । हात खुट्टा सबैलाई जमिनमा सुताउने । हात मम्मर भन्दा १ वा २ फुट टाढा रहोस्, हत्केला आकाश तर्फ फर्कियोस् । दुबै खुट्टाको बिचमा २ फुटको दुरी रहोस् ।
सामान्य श्वास फेर्दै आखाँले दुई आँखी भै को बिचमा केन्द्रित गर्ने । अब आफैंले आफैंलाई आभार ब्यक्त गर्ने । जीवनमा घटेका सकारात्मक क्षेण वा सुखका पलहरुको संझना गर्ने । अरुलाई गरेको उपकार र भलोको याद गर्ने ।



