मध्य फ्रान्सको पुये–डी–डोममा बुधवार गोली प्रहार गरी ३ प्रहरीको हत्या गरिएको छ ।
प्रहरीका अनुसार स्थानीयको झगडा साम्य पार्न खटिएका प्रहरीमाथि गोली प्रहार गरिएको थियो ।
घटनामा अर्का १ प्रहरी घाइते भएका छन् । बुधवार मध्यरात १ महिलाको उद्धार गर्नेक्रममा ४८ वर्षीय एक व्यक्तिले प्रहरीमाथि गोली चलाएको प्रहरीले जनाएको छ ।
आक्रमणकारी ती व्यक्तिले एक प्रहरीलाई गोली हानी हत्या गर्नुअघि ती महिलाको घरमा पनि आगो लगाइदिएका थिए ।



