काठमाडौं । अर्जेन्टिनाकी पूर्व मिस वर्ल्ड नोर्मा कापेग्लीको निधन भएको छ ।

नोर्मा कापेग्ली
१७ डिसेम्बरमा आफ्नो घर नजिकै वाक गरिरहेकी उनलाई पछिबाट आएको एक बसले ठक्कर दिएको थियो । जसमा गम्भीर घाईते भएकी उनको कोमामा ६दिन राखेपछि निधन भएको हो ।

नोर्मा कापेग्ली
बसको ठक्करबाट उनको शिरमा फ्याक्चर भएको थियो ।

नोर्मा कापेग्ली
उनी ८१ वर्षकी थिइन् । उनले लण्डनमा सन् १९६० मा मिस वर्ल्डको ताज जितेकी थिइन् ।
नोर्मा कापेग्ली
उनी यो टाइटल जित्ने अर्जेन्टिनाकी पहिलो महिला थिइन् । त्यो बेला उनी मात्र २१ वर्षकी थिइन् ।



