यमनको दक्षिण शहर अदनको विमानस्थलमा भयानक बिस्फोट हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् ।

सुरक्षा अधिकारीका अनुसार नयाँ सरकारको सदस्य लिएर आएको विमान साउदी अरबबाट विमानस्थल पुग्ने बित्तिकै बिस्फोट भएको हो ।

मारिएकामा सहायक कर्मचारी र अधिकारी समावेश छन् । प्रधानमनत्रीले आफू र आफ्नो मन्त्रीमण्डल ठिक भएको बताएका छन् ।

सूचनामन्त्रीले हूती विद्रोहीमाथि आरोप लगाउँदै यो हमलालाई एक कायरतापूर्ण चरमपन्थी हमला बताएका छन् ।

मन्त्री इरियानीले ट्वीट गरे, ‘हामी आफ्ना मानिसहरुलाई आश्वस्त गर्न चाहन्छौं कि मन्त्रीमण्डलका सबै मन्त्र सुरक्षित छन् र विमानस्थलमा इरान समर्थित हूती विद्रोहीको कायरतापूर्ण चरमपन्थी हमला हाम्रो जिम्मेवारीलाई भट्काउन सक्ने छैन र हाम्रो जीवन अन्य यमनीको तुलनामा धेरै मूल्यवान् पनि छैन । अल्लाहले मारिएका मानिसहरुलाई शान्ति प्रदान गरुन् र म घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु ।’

यमन सन् २०१५ देखि सुरु भएको गृहयुद्ध पछि बर्बादीको स्थितीमा पुगेको छ ।

हूती विद्रोहीले देशको धेरैजसो पश्चिमी भागमा नियन्त्रण गरेपछि र साउदी अरब समर्थित राष्ट्रपति अब्दूरब्बू मंसूर हादी देश छोडेर भाग्न बाध्य बनाइएपछि साउदी अरबको नेतृत्व भएको सैन्य गठबन्धनले यमको युद्धमा हस्तक्षेप गरेको थियो । त्यसपछि लगातार यमनको स्थिती बिग्रँदो स्थितीमा छ ।

यो लडाईंका कारण हालसम्म १ लाख १० हजार बढीको मृत्यु भइसकेको छ ।

यसबाहेक दशौं हजार नागरिकको मृत्यु यस्तो कारणले भएको छ जसलाई रोक्न सकिन्थ्यो । यसमा कुपोषण, रोग र भोकमरी समावेश छ ।

बुधबारको यो घटनाको एउटा भिडियो सार्वजनिक भएको छ । जसमा एक घातक बिस्फोट स्पष्ट रुपमा देख्न सकिन्छ । यो बिस्फोट हुनु केही मिनेट अघि मात्रै मन्त्रीमण्डलका सदस्य हवाई जहाजबाट उत्रिएका थिए ।

मन्त्रीको स्वागतका लागि ठूलो संख्यामा भीड पनि जुटेको थियो । तर बिस्फोट भएलगत्तै मानिसहरु यताउता भाग्न थाले । केही बेरपछि गोलीको आवाज पनि सुनियो ।

एएफपी समाचार एजेन्सीका संवाददाताले दिएको जानकारी अनुसार कम्तिमा दुई बिस्फोटको आवाज सुनियो ।

यद्यपि, बिस्फोट गराउनुको कारण हालसम्म स्पष्ट हुन सकेको छैन । साउदी टेलिभिजन च्यानल अल–हदथले एक भिडियो जारी गर्दै एउटा मिसाइलले टरम्याकलाई ठक्कर दिएपछि बिस्फोट भएको बताएको छ ।

यसअघि सन् २०१९ को अगस्ट महिनामा अदनमा एक सैन्य परेडमा हूती विद्रोहीको मिसाइल हमलामा ३६ जनाको मृत्यु भएको थियो ।

आइसीआरसी (इन्टरनेशनल कमिटी अफ द रेड क्रस) ले बुधबार भएको हमलामा उनका एक सदस्य मारिएको जबकी तीनजना घाइते भएको बताएको छ ।

यमनको न्यूज वेबसाइट अल–मसदर अनलाइनको रिपोर्ट अनुसार श्रम मन्त्रालयका एक अन्डरसेक्रेटरी यास्मिन अल अवधि मारिएका छन् । साथै युवा तथा खेल मन्त्रालयका उप–मन्त्री मोनेर अल –वजिह र यातायात मन्त्रालयका उप–मन्त्री नासिर शरिफ हमलामा घाइते भएका छन् ।

हमलापछि प्रधानमन्त्री मइन अब्दुलमलिक सईद र उनको मन्त्रीमण्डललाई सुरक्षाको घेरामा राखेर बाहिर लगिएको छ ।

प्रधानमन्त्री सईदले ट्वीट गरे, ‘हामी र सरकारका अन्य सदस्य अदनमा छौं र हामी सुरक्षित छौं ।’

उनले लेखे, ‘कायर चरमपन्थीले अदन विमानस्थललाई निशाना बनाए जुन यमनका जनता र यमनविरुद्ध सुरु गरिएको युद्धकै हिस्सा हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah