शक्तिशाली शब्द सुन्ने बित्तिकै धारणा युद्ध कै आउँछ। रणक्षेत्रमा जो अपराजित रहन सक्छ, त्यही हुन्छ सबैभन्दा शक्तिशाली। यो परम्परागत अवधारणा हो। तर २१ औं शताब्दीको चेतनशील मानिस परम्परागत अवधारणाबाट मुक्त हुँदै गई रहेको स्वीकार गर्नमा शायदै कसैलाई आपत्ति होला !

यसको उदाहारणका रूपमा उपरोक्त शीर्षकलाई नै लिन सकिन्छ । शीर्षक पढ़ने बित्तिकै अधिकांश पाठकका मनमा युद्ध क्षेत्र एवं सामरिक शक्तिको ख्याल आउनुको सट्टा आर्थिक विषयक विचार आयो होला। मानवीय जीवनका कुनै अन्य क्षेत्रमा जापान सर्वाधिक शक्तिशाली बनेको विचार आयो होला।

तपाईंहरुको सोच एकदमै दुरुस्त छ जापान सामरिक हिसाब र दृष्टिकोणले होइन, एउटा अन्य कारणले संसारको सबैभन्दा शक्तिशाली देश बनेको हो।

जापानको पासपोर्ट संसारको सबैभन्दा बलियो पासपोर्ट बनेको छ। बलियो पासपोर्टको अर्थ के हो भने जापानको पासपोर्ट बोकेका मानिस बिना अग्रिम भीसा संसारका सर्वाधिक देश जान सक्छन्। यस मामिलामा विश्वका सर्वाधिक आय भएका देश, विश्वका अग्रणी इकोनॉमी भएका अमेरिका र चीन पनि जापान भन्दा धेरै पछाडि छन्।

पासपोर्टको ‘ग्लोबल र्‍याङ्किङ’ मा जापानको पासपोर्ट नम्बर १ भएको छ। ‘हेनली एण्ड पार्टनर्स’ ले प्रकाशित गरेको वर्ष २०२१ को ‘पासपोर्ट इण्डेक्स ग्लोबल र्‍याङ्किङ’मा जापान १ नम्बरमा पुग्न सफल भएको छ।

कुनै पनि देशको पासपोर्ट भैल्यू जान्ने उपाय यो नै हो त्यस देशको पासपोर्ट बोकेका मानिसलाई अग्रिम भीसा नलिई कति देशमा प्रवेश गर्न पाइन्छ। अर्थात ‘भीसा अन एराइभल’ को सुविधा हुन्छ। यस सम्बन्धी तथ्याङ्क इन्टरनेश्नल एयर ट्रान्सपोर्ट असोसिएसन (IATA) ले उपलब्ध गराउँछ। ‘आईएटीए’ ले उपलब्ध गराएको तथ्याङ्क अनुसार जापानका पासपोर्ट धारकले विश्वका १९१ देशमा अग्रिम भीसा नलिई प्रवेश गर्न सक्छन्।

विश्वको महाशक्ति मानिने अमेरिकाको पासपोर्टलाई ‘ग्लोबल इण्डेक्स’मा ७ औं स्थान प्राप्त भएको छ। चीन भने यस सूचीमा ७० औं स्थानमा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah