अफगानिस्तानको राजधानी काबुलमा आइतवार सडक किनारमा बम विस्फोट हुँदा गाडीमा रहेका कम्तीमा तीनजनाको मृत्यु भएको छ ।

अफगान सरकार र तालिबानबीच कतारमा शान्तिवार्ता हुन लागेको बेलामा विस्फोट भएको हो ।
अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता तारिक आरियानले बताएअनुसार, सुरक्षाबल पब्लिक प्रोटेक्सन फोर्सेसका एक प्रवक्ताको पनि आक्रमणमा मृत्यु भएको छ ।

आक्रमणको जिम्मेवारी कसैले लिएको छैन ।
हालैका महिनामा इस्लामिक स्टेट समूहले काबुलमा भएका विभिन्न आक्रमणको जिम्मेवारी लिएको छ ।

तालिबान लडाकूहरूले सरकारी सुरक्षाबलविरुद्धको आक्रमण जारी राखेका छन् भने अमेरिकी र नेटो सैनिकमाथि प्रहार नगर्ने प्रतिबद्धता चाहिँ कार्यान्वयन गरिरहेका छन् ।

इस्लामिक स्टेट र तालिबानले आक्रमणका लागि एकअर्कालाई दोषारोपण गर्ने गरेका छन् ।

अमेरिकाका राष्ट्रपति–निर्वाचित बाइडनले अफगानिस्तानमा गुप्तचरीमा आधारित उपस्थितिको पैरवी गरिरहेका छन् तर तालिबान नेताहरूले विदेशी सैनिक सबै हट्नुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah