इन्डोनेसियाको राष्ट्रिय यातायात सुरक्षा समितिले शनिवार दुर्घटनामा परेको श्रीविजय एयर जेट जाभा समुद्रमा खसेपछि टुक्राटुक्रा भएको बताएको छ ।

‘हामी सुनिश्चित त छैनौं तर टुक्राटाक्री हेर्दा तिनीहरू परपरसम्म फैलिएको देखिँदैन,’ उक्त समितिमा रहेका अनुसन्धाता नुराकायो उतोमोले बताए ।

‘पानीमा ठोकिएपछि विमान टुक्रिएको हुनुपर्छ किनकि आकाशमै विस्फोट भएको भए टुक्राटाक्री निकै परपरसम्म छरिएका हुन्थे,’ उनले थपे ।

श्रीविजय एयरको उडान १८२ सोकार्नो–हाट्टा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको चार मिनेटमै जाभा समुद्रमा खसेको थियो । विमानमा ६२ यात्रु र कर्मचारी थिए ।

एक मिनेटभन्दा कम समयमा बोइङ बी७३७–५०० लगभग १० हजार फीट तल खसेको थियो । प्रत्यक्षदर्शीहरूले दुईवटा विस्फोटको आवाज सुनेको बताए ।

अधिकारीहरूले समुद्रमा दुईवटा ब्ल्याक बक्स फेला पारेको र गोताखोरहरूले तीसँगै शरीरका अंग र विमानका टुक्रा पनि बटुलिरहेको जानकारी इन्डोनेसियाको यातायात सुरक्षा निकायका प्रमुख सोइरजान्तो तजाजान्तोले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah