आफ्ना सैन्य लडाकु जेटविमानहरूले शत्रुका विमान ध्वस्त गर्ने अभ्यास गरिरहँदा किम जोङ–उन दंग परिरहेको तस्वीर सार्वजनिक भएको छ ।


तस्वीरमा देशको वार्षिक हवाई युद्ध प्रतियोगितामा आफ्ना निकटवर्ती सैन्य अधिकारीहरूसँग बसेर किम हाँसिरहेको देख्न सकिन्छ ।

एउटा एयर फिल्डमा ठूला विस्फोट गरेर युद्धअभ्यास तथा वार गेमहरू देखाइएको थियो ।

विमानचालकहरूले आफ्नो शक्ति प्रदर्शन गर्ने होडबाजी गर्दा किमले एकाबिहानै यसको निरीक्षण गरेका थिए ।

दक्षिण कोरियाली विज्ञहरूका अनुसार उक्त अवसरमा सुखोई सु–२५ फ्रगफूट, मिग–२९ तथा मिगका अन्य संस्करणका फाइटर जेटहरूको प्रदर्शनी गरिएको थियो ।

हवाईसेनाको प्रशंसा गर्दै उत्तर कोरियाली समाचार संस्थाले आफ्ना सैनिकहरू ‘शत्रुका विमान लगायत सबै लक्ष्य ध्वस्त पार्न सफल भएको’ दाबी गरेको थियो ।


आजको प्रदर्शनीभन्दा कैयौं दिनअघिदेखि उत्तर कोरियाली विमानहरूले नक्कली आक्रमण गरेको अनि शत्रुका विमानलाई एक झट्कामा सिध्याएको देखिएको थियो ।

दक्षिण कोरियाले आजको अभ्यासको पुष्टि गरेको छ र यसलाई विशाल आक्रमण अभ्यासका रूपमा वर्णन गरेको छ ।

दक्षिणको सेनाले परिस्थितिको निरीक्षण गरिरहेको र पूर्ण तयारी अवस्थामा रहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah