काठमाडौं । फेसबुक,ट्वीटर,इन्टाग्राम र टिकटक लगायतका सामाजिक सञ्जाल अहिले धेरैका लागि लत नै बनिसकेको छ । यी सामाजिक सञ्जालबाट धेरथोर सूचना र जानकारीसँगै मनोरञ्जन प्राप्त गरे पनि धेरैले भने फोकटमा समय खेर गएको अनुभव गर्ने गर्दछन् । यदि तपाईलाई पनि यस्तै लाग्छ भने यी अनलाइनहरु अवश्य भिजिट गर्नुहोस्,जसले तपाईको समय सदुपयोग हुनुको साथै ज्ञान पनि बढ्नेछ ।

१. टेड  यो साइटले तपाईलाई नयाँ नयाँ आइडिया उपलब्ध गराउदछ । जसले गर्दा तपाई उत्प्रेरित बन्न सक्नुहुन्छ । टेडको परिकल्पना सन् १९८४ मै भएको थियो । प्रविधि,मनोरञ्जन र डिजाइनका क्षेत्रमा नयाँ आइडियाहरु आदनप्रदान गर्ने उदेश्यले त्यतिखेर अमेरिकामा एउटा कार्यशाला भएको थियो । त्यही कार्यशालाको स्वरुप नै अहिलेको टेड हो ।

२. खान एकेडेमी  खान एकेडेमीका बारेमा धेरै नेपालीलाई थाहा नहुन सक्छ । तर विश्वका धेरै इन्टरनेट प्रयोगकर्ता माझ यो निकै लोकप्रिय प्लेटफर्मको रुपमा रहेको छ । यसको शुरुवात सलमान खान नामक एकजना भारतीय युवाले सन् २००६ मा गरेका थिए । उनले नयाँ नयाँ सिकाइको संस्कार फराकिलो बनाउने उदेश्यले यो अनलाइन प्लेटफर्मको विकास गरेका थिए । यस प्लेटफर्ममा विशेष गरी गणितका,भौतिकशास्त्र र प्रोग्रामिङका नयाँ नयाँ अपडेट पाइन्छन् ।

३. क्वेरा  तपाई पज्जल गेममा रुची राख्नुहुन्छ भने क्वेराका बारेमा अवश्य जानकारी होला । यो प्लेटमर्फममा तपाईलाई थाहा नभएका र थाहा हुन चाहेको विषयमा प्रश्न राख्नसक्नुहुन्छ । जुन प्रश्नको जवाफ अरुबाट पाउनुहुन्छ । यस्तै तपाईलाई कुनै प्रश्न वा जिज्ञासाको उत्तर वा जानकारी छ भने शेयर गर्न सक्नुहुन्छ । यो विशेष गरेर जानकारी चाहिने र विज्ञता हासिल गरेकाहरुका लागि उपर्युक्त प्लेटफर्म हो ।

४. वीकीहाउ  यदि तपाईलाई नयाँ नयाँ स्किलका बारेमा आइडिया आवश्यक छ भने इन्टरनेटमा वीकीहाउ लगइन गर्नसक्नुहुन्छ । यसमा स्टेप बाइ स्टेप जानकारी दिइएको हुन्छ । अर्थात के र कसरी भन्ने जानकारी तपाईले यसबाट पाउन सक्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah