अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडेन शत्तामा आसिन हुन अब ३ दिन मात्रै बाँकी छ । २० जनवरीमा सपथग्रहण गरी बाइडेनले सत्ता सम्हाल्दै छन् ।
बाइेडको पदबहालीको समयमा देशभर चरमपन्थीहरुले बिद्रोह गर्न सक्ने चेतावनी अमेरिकाको सबैभन्दा ठूलो सुरक्षा जासुसी संस्था संघीय जाँच ब्यूरो एफबीआईले दिँदै आएको छ ।
एफबीआईले केहीदिन अघि नै बाइडेनको पदबहाली आसपास अमेरिकाका ५० वटै राज्यका राजधानीहरुमा हतियारसहितको बिद्रोह हुनसक्ने रिपोर्ट निकालेको थियो ।
एफबीआईको यस रिपोर्टलाई ध्यानमा राखेर अमेरिकाका ५० वटै राज्यमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।



