एजेन्सी । विबाह एउटा पवित्र बन्धन हो । जस्मा दुई शरीर र एक मन हुन्छ । जुनीभरीलाई संगै जीउने बाचा कसम हुन्छ । एकअर्कालाई पर्दाको दुःख सुखको साथ हुन्छ । तर यो जमानामा प्राय विबाहर केवल पैसाकोलागी गरिएको पाईन्छ । भारतको झारखण्डमा पनि एक महिलाले केवल पैसाकैलागी तीनजना पुरषसंग विबाह गरेकी छन् । प्रियंका कुमारीले शादी डटकममको माध्यमबाट एक मात्रै होइन, तीन युवकलाई विबाहको नाममा ठगेकी छन् ।
उनले पहिलो युवकसँग विवाह गरेर एक करोड ठगेकी छन् भने दोस्रोसँग विवाह गरेर ४५ लाख भारतीय र तेस्रो युवकसँग अमेरिका भागेकी छन् । उनी शादी डटकमको एपबाट निलय कुमार नामक एक युवकसँग सम्पर्कमा आईन्, उनले विवाह पनि गरिन्, त्यसपछि एक करोड ठगेर फरार भईन् । त्यसपछि फेरि उनले उक्त एपबाटै गुजरातका हमित मोदीसँग विवाह गरिन् । उनले उनीसँग पनि ४५ लाख ठगेर भागिन् । त्यसपछि उनले पुणेका सुमित दशरथ नामक युवकसँग विवाह गरेर अमेरिका पलायन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । साथै एक दिन सुमितकी आमाले अमितको फोना देखेपछि बुझ्दा बास्तविकता पत्ता लागेको हो । त्यसपछि उनलाई कानूनी कारवाही अगाडि बढाइएको छ ।


