अस्ट्रेलिया र भारतबीचको अन्तिम टेस्ट म्याच तीन विकेटले जितेर भारतले शृंखलामा कब्जा गरेको छ । अन्तिम दिन ३२९ रनको लक्ष्य भारतले सात विकेट गुमाएर ९७ ओभरमा पूरा गरेको हो ।विकेटकीपर ब्याट्स्म्यान ऋषभ पन्तले नटआउट ८९ रन बनाएर भारतको जीत सुनिश्चित गरे । यसअघि शुभमन गिलले ९१ र चेतेश्वर पुजाराले ५६ रन बनाएर भारतको जीतको बाटो बनाएका थिए ।टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो इनिङमा ३६९ रन बनाएको थियो । जवाफमा भारत ३३६ रनमा अलआउट भएको थियो । दोस्रो इनिङमा अस्ट्रेलिया २९४ रनमै अलआउट भयो । भारतले ३२९ रन बनाएर लक्ष्य पूरा गर्‍यो ।पहिलो टेस्टको एक इनिङमा जम्मा ३६ रन बनाएर हार बेहोरेको भारतले बाउन्स ब्याक गरेर शृंखला जित्नु आफैंमा ऐतिहासिक उपलब्धि हो । चार टेस्ट म्याचको शृंखलामा भारत २–१ ले विजयी भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah