जिम्बाबेकाका विदेशमन्त्री सिबुसिसो मोयोको कोरोना संक्रमणको कारण बुधबार निधन भएको छ।

कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको एक दिनपछि बुधबार मोयोको निधन भएको अधिकारीहरूले जनाएका छन्।

राष्ट्रपति तथा मन्त्रिपरिषद्का कार्यवाहक प्रमुख सचिव जर्ज चाराम्बाद्वारा जारी वक्तव्यका अनुसार कोरोनाकै कारण विदेशमन्त्रीको निधन भएको स्वास्थ्यकर्मीहरूले पुष्टि गरेका छन्।

मोयोका परिवारका सदस्यले पनि कोरोनाका कारण निधन भएको जनाएका सिन्ह्वाले उल्लेख गरेको छ। ‘मेरा दाजुको कोरोनाभाइरसका कारण निधन भएको छ, उहाँलाई हिजो मात्रै कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो,’ उहाँका एक भाइले भने।

जिम्बाबेकामा कोरोनाका कारण तीन जना मन्त्रीको निधन भइसकेको छ। जिम्बाब्बेमा सन् २०२० को मार्चदेखि कोरोनाभाइरसको महामारी फैलिन शुरु भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah