टर्कीको इस्तानबुलमा कुकुरको बफादारिता देखेर धेरै मानिस दंग परेका छन्।कुकुरका मालिकको ब्रेन सर्जरी गरिएको थियो र उनी एक हप्तासम्म अस्पतालमा बस्नुपरेको थियो । मालिक भित्र रहँदा कुकुर चाहिँ अस्पतालको प्रांगणमा उनलाई कुरिरह्यो।बोनकुक नामक सानो कुकुरको बफादारिता देखेर अस्पतालका कर्मचारी पनि प्रभावित भए । पछि अस्पताल प्रशासनले कुकुरलाई मालिकसँग भेट्न अनुमति दियो ।मालिकको नाम सेमल सेन्तुर्क हो । जनवरी १४ मा मस्तिष्कको शल्यक्रियाका लागि उनलाई अस्पतालमा भर्ना गरिएको थियो।सेन्तुर्कलाई एम्बुलेन्समा राखेर अस्पताल लग्दा कुकुरले पनि पछ्यायो । ऊ अस्पतालको प्रवेशद्वारसम्मै पुग्यो ।पछि ऊ नियमित अस्पताल पुग्न थाल्यो । हरेक बिहान ऊ अस्पताल पुग्ने गर्थ्यो । कहिलेकाहीँ अस्पतालका कर्मचारीहरूले उसलाई खाना दिन्थे ।शल्यक्रिया सम्पन्न भएर सेन्तुर्क अस्पतालमा निस्किएपछि कुकुर खुशी हुँदै मालिकको ह्वीलचेयरसँगै दौडियो र पुच्छर हल्लाइबस्यो।सेन्तुर्क आफ्नो प्यारो कुकुरको बफादारिता देखेर फुरुंग छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah