बलिउड अभिनेता वरुण धवन र उनकी प्रेमिका नताशा दलालको आइतबार विवाह हुँदैछ। हिन्दु संस्कृति अनुसार, वरुण र नताशाको विवाह अलिबागस्थित ‘द म्यान्सन हाउस रिसोर्ट’ मा हुँदैछ।

भारतीय अखबर प्रेस ट्रस्ट अफ इन्डिया, पिटिआइका अनुसार विवाहमा दुवै पक्षका परिवार र नजिकका साथीहरू उपस्थित भइसकेका छन्। कोरोना महामारी कारण विवाहमा जम्मा ४०-५० जनालाई मात्र निम्तो गएको श्रोतले पिटिआइलाई भनेका छन्।

वरुणले पहिलो पटक नताशासँगको सम्बन्धबारे सन् २०१८ मा ‘कफी विद करण’ मा सार्वजनिक गरेका थिए।हालैमात्र पनि उनले करिना कपुरको रेडियो कार्यक्रम ‘ह्वाट विमेन वान्ट’मा नताशासँगको सम्बन्धबारे बोल्दै कसरी उनीहरूको प्रेम सम्बन्ध गाँसियो भनेर बताएका थिए। जसमा वरुणले भनेका थिए, ‘नताशाले मेरो प्रेम प्रस्ताव ३-४ पटक अस्वीकार गरिन्। तर मैले हार मानिनँ। आस मारिनँ।’

वरुणले नताशालाई पहिलो पटक ६ कक्षामा हुँदा भेटेको थिए। वरुण र नताशा मुम्बईस्थित मनेक्जी कुपर एडुकेसन ट्रस्ट स्कुल जान्थे। ११-१२ पढ्दासम्म उनीहरू मिल्ने साथी भए। पछि वरुणले नताशालाई प्रेम प्रस्ताव राखे। तर नताशाले स्वीकारिनन्।

वरुणले पनि हार नमानी समय-समयमा प्रेम प्रस्ताव राखिरहे। अन्ततः नताशाको मन जित्न सफल भए।

वरुणकी प्रेमिका नताशा फेसन डिजाइनर हुन्। यो जोडी बिहे गर्ने तयारीमा रहेको हल्ला अघिल्लो वर्ष खुबै चलेको थियो। यस विषयमा नताशाले त्यसबेला ‘हेल्लो म्याग इन्डिया’ लाई दिएको अन्तर्वार्तामा भनेकी थिइन्, ‘विवाह त गर्ने हो, तर अहिले नै होइन।’

नता‍शाले यसो भनेको झन्डै वर्षदिन पछि उनीहरूको लगन गाँठो सन् २०२१ को जनवरी २४ मा गाँसिदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah