चीनका १२ वटा लडाकू विमानहरू ताइवानको एयर डिफेन्स टेरिटोरीमा पुगेपछि अमेरिकाले यूएसएस थियोडोर रूजवेल्ट युद्धपोत दक्षिण चीन सागर पठाएको छ ।

अमेरिकी सेनाले आइतवार उक्त युद्धपोत तैनाथीको जानकारी दिएको हो । सामुद्रिक मार्गको स्वतन्त्रताका नाममा अमेरिकाले उक्त युद्धपोत तैनाथ गरेको हो ।

ताइवानलाई चीनले आफ्नै एक हिस्सा मान्ने गरेको छ । त्यसैले ताइवान स्वतन्त्र हुने कुरा उठ्नेबित्तिकै चीनले लडाकू विमान पठाएर तर्साउने गरेको छ । शनिवार चीनले ताइवानमा लडाकू तथा बमवर्षक विमान पठाएपछि अमेरिकाले युद्धपोत तैनाथ गरेको हो ।

अमेरिकी जलसेनाका अधिकारी तथा स्ट्राइक ग्रूप कमान्डर रियर एडमिरल डउग वेरिसिमोले सहयोगीहरूलाई सुरक्षाको भरोसा दिँदै सामुद्रिक मार्ग स्वतन्त्रताको सुनिश्चित गराउने बताएका छन् ।

संसारको दुईतिहाइ व्यापार यसै क्षेत्र भएर हुने गर्छ । त्यसैले अमेरिकाले आफ्नो उपस्थिति त्यहाँ हुनुपर्ने बताएको छ ।

चीनले दक्षिण चीन सागरमा आफ्नो प्रभावक्षेत्र बनाएकाले अमेरिकी जलसेनाको उपस्थितिप्रति आपत्ति जनाउने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah