काठमाडौँ– भारतले आज (मंगलबार) ७२ औँ गणतन्त्रका दिवस मनाउँदै छ । गणतन्त्रका दिवसलाई लक्षित गरी राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

दिल्लीको आईटीओ, यमुना ब्रिज लगायतका क्षेत्रमा ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको छ। ठाउँ-ठाउँमा छेकबार लगाइएको छ।

किसानहरुको ट्रयाक्टर र्‍यालीलाई मध्यनजर गर्दै यसपटकको गणतन्त्र दिवसमा दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको हो ।

मंगलबार गणतन्त्र दिवस परेडलगत्तै किसानहरुले तीनवटा विवादित कृषि कानूनको विरोधमा ट्रयाक्टर र्‍यालीको आयोजना गर्दैछन्।

समाचार एजेन्सी पिटिआईका अनुसार किसान संगठनले फेब्रुअरी १ मा संसद भवन घेराउको घोषणा पनि गरेका छन्। उक्त दिन भारतको संसदमा बजेट पेश हुने छ।

कडा सुरक्षा व्यवस्थाकाबीच किसानहरुले गणतन्त्र दिवस परेड समापन भएपछि मात्रै ट्रयाक्टर र्‍याली निकाल्न सक्ने प्रहरीले जनाएको छ।

दिल्लीको सीमामा दुई महिनादेखि भइरहेको किसान आन्दोलनको समर्थनमा मुम्बईको आजाद मैदानमा हजारौँको संख्यामा किसानहरु भेला भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah