#.बजारमा आएका नयाँ-नयाँ प्रविधियुक्त प्लाष्टिकका भाँडाका कारण यसको माग पनि घट्दो छ। जसले गर्दा पनि नयाँ पुस्ता यो कामप्रति पूर्ण निर्भर हुन सक्ने अवस्था पनि छैन । पुर्खौदेखि अंगाल्दै आएको पेसालाई नयाँ पिढीले अंगाल्न गर्न सकेका छैनन्।

#.भाँडा बनाउन आवश्यक माटो सबैतिर पाइदैन। त्यसका लागि किन्नुपर्छ। एक निसान (सानो ट्रक) माटाको ६ हजार रूपैयाँ पर्छ। एक ट्रक माटोबाट लगभग २५ हजार रूपैयाँ बराबरको भाँडा बनाउन मिल्छ।

#.दसैं तिहारको समयमा भने अझै पनि राम्रो व्यापार हुन्छ । अचेल त गमला, दही राख्ने भाडा, पाला, भिउँटे, धुपौरोलगायतका भाडाको व्यापार राम्रो छ।अरू त बिक्दैन

काठमाडौं।भक्तपुर मध्यपुरठिमी–६चपाचोका रमेश प्रजापती दम्पत्तिको दैनिकी माँटाका भाडा बनाएरै बित्छ। बिहानदेखि साँझसम्म उनको परिवारका सदस्यहरू माटो मुछ्ने,विभिन्न प्रकारका भाडा बनाउने काममा व्यस्त हुन्छन्।विगत २५ वर्षदेखि उनी यही पेसामा छन्। माँटाका भाडा बनाएरै आफ्नो जीविकोपार्जन गर्दै आएका उनलाई पुस्ता हस्तान्तणको चिन्ता छ।किनकि पुर्खौदेखि अंगाल्दै आएको पेसालाई नयाँ पिढीले अंगाल्न गर्न सकेका छैनन्।“बुवा, हजुरबाले गर्दै आएको कामलाई नै मैले पनि अगाडि बढाए। तर, छोराछोरीलाई यो कामप्रति नै चासो छैन। मेरो घरमा म पछि यो पेसा गर्ने नै कोही हुनेछैन”, उनले भने।चपाचोका जगतकृष्ण प्रजापतीले माटोका भाडा बनाउन थालेको झण्डै ४० वर्ष पुग्यो । उनले सानैमा आमाबाबुबाट माँटाका भाडा बनाउन सिकेका हुन्। त्यहिबेला सिकेको सिप प्रयोग गर्दै अचेल उनले आफ्नो जीविकोपार्जन गर्दै आएका छन्। तर, नयाँ पुस्ताले यो पेसाप्रति रूचि तथा चासो नदेखाउँदा पेसामा पुस्ता हस्तान्तरणको चिन्ता छ।“म लगभग ७/८ वर्षको थिए होला। बुवाले गर्दै गरेको काम देखेरे मैले पनि गर्न थाले। त्यहिबाट काम सिकियो। फेरि यो काम भनेको हेरेर मात्र सिकिँदैन। त्यसका लागि काम गर्नैपर्छ । छोराछोरी यो कामप्रति चासो नै देखाउँदैनन्”जगतकृष्णले भने।बजारमा आएका नयाँ-नयाँ प्रविधियुक्त प्लाष्टिकका भाडाका कारण यसको माग पनि घट्दो छ। जसले गर्दा पनि नयाँ पुस्ता यो कामप्रति पूर्ण निर्भर हुन सक्ने अवस्था पनि छैन ।“यो काम गर्न निकै समस्या छ। माटोसँग खेल्नुपर्छ। त्यो पनि काचो माटो। एक त यो फोहोर भयो। त्यसमा झन गाह्रो काम त्यसैले छोराछोरी यस्तो पनि काम गर्ने हो भन्दै तर्किन्छन्”, रमेशले भने।

कसरी बनाउने माटोको भाडा?

रमेशका अनुसार सबैभन्दा पहिला चिम्ट्याइलो माटो चाहिन्छ। जुन माटो सबैतिर पाइदैन । तीन थरीको माटो मिसाएर मुछ्नुपर्छ। अचेल माटो मुछ्न मेसिन समेत प्रयोग गर्ने गरिएको छ । नत्र पहिला त खुट्टाले नै माटो मुछ्नुपर्थ्यो । मुछेको माटोलाई आवश्यकताअनुसार भाँडा बनाउने मेसिनमा राखेर घुमाउँदै गर्नुपर्छ। कस्तो आकारको र के भाँडा बनाउने त्यही अनुसार हातले आकार दिनुपर्छ।माटोको भाडा बनाउँदा भाँडाको आकार, त्यसको मोटाई लगायतका कुरा हातले नै छामेर अनुमानको भरमा गर्नुपर्ने रमेशको भनाइ छ। त्यो बनाइएको भाडालाई सुकाउने, रंग लगाउने, भट्टीमा हालेर पोल्ने काम गर्नुपर्छ। भट्टीमा हालेर पोलेपछि मात्र भाडा तयार हुन्छन्। यो सबै प्रक्रिया पूरा गर्न कम्तीमा १० दिन लाग्ने उनको भनाइ छ।

आम्दानी कति हुन्छ?

भाँडा बनाउन आवश्यक पर्ने माटो सबैतिर पाइदैन। त्यसका लागि किन्नुपर्छ। रमेशका अनुसार एक निसान (सानो ट्रक) माँटाको ६ हजार रूपैयाँ पर्छ। एक ट्रक माटोबाट लगभग २५ हजार रूपैयाँ बराबरको भाँडा बनाउन मिल्छ। त्यसरी सबै हिसाब मिलाउँदा आफ्नो घर खर्च चलाउनसम्म गाह्रो हुने उनको भनाइ छ।एउटा गमला बनाउनेले एक सय रूपैयाँमा बिक्री गर्छन् । बजारमा त्यसको भाउ भने चार देखि पाँच सयसम्म पर्ने गरेको छ। उनीहरूले बनाएका भाँडाहरू विशेषगरी काठमाडौं, पोखरा, नारायणघाट लगायतका क्षेत्रमा बिक्री हुन्छन् ।

प्लाष्टिकका भाडाले व्यापार चौपट:अचेल माँटाका भाँडाको व्यापार एकदम कम छ। केही वर्षअघिसम्म भक्तपुरका प्रजापती समुदायलाई माँटाका भाडा बनाउन भ्याई नभ्याई हुन्थ्यो। त्यसमाथि दशैं तिहारको समयमा त खाना खाने समेत फुर्सद हुँदैनथियो। तर, अचेल प्लाष्टिकका भाँडाले बजार खाइदिएको लक्ष्मीप्रसाद प्रजापती बताउँछन्।“बजारमा पाइने सस्ताखाले प्लाष्टिकका भाडाले गर्दा माँटाका भाँडाको व्यापार एकदम खस्किएको छ।दशैं तिहारको समयमा भने अझै पनि राम्रो व्यापार हुन्छ,” उनले भने, “अचेल त गमला, दही राख्ने भाडा, पाला, भिउँटे, धुपौरोलगायतका भाडाको व्यापार राम्रो छ। अरू त बिक्नै छोड्यो।”पुर्ख्याैली पेसा नै संकटमा पर्न थालेपछि उनीहरू चिन्तित छन्। छोराछोरीलाई यो पेसामा लाग्न कैयौंपटक आग्रह गर्दा पनि उनीहरूले बेवास्ता गर्ने गरेको रमेशको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah