विश्व बजारमा भएको पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृद्धिको असर नेपालमा पर्न थालेको छ।नियमित मूल्य समायोजन नहुँदा नेपाल आयल निगमको नोक्सानीसमेत बढ्दै गएको छ।भारतीय पेट्रोल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूची अनुसार फेब्रुवरी  १५ सम्म पेट्रोलियम पदार्थको बिक्रीबाट निगमले ९७ करोड ७५ लाख रुपैयाँ नोक्सान व्यहोर्ने देखिन्छ ।निगमले हाल दैनिक साढे छ करोड रुपैयाँ नोक्सानी व्यहोर्दै आएको छ।पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको घाटाका कारण चर्को नोक्सानी हुने अवस्था देखिएको हो ।इन्डियन आयल कर्पोरेसनले पठाएको पछिल्लो मूल्यसूचीअनुसार फेब्रुवरीको पहिलो पाक्षिकका लागि निगमले पेट्रोलको प्रतिलिटर ५१ रुपैयाँ ६९ पैसा, डिजेलको ५२ रुपैयाँ ३९ पैसा, मट्टितेलको ४८ रुपैयाँ ७६ पैसा र हवाई इन्धनको ४८ रुपैयाँ पाँच पैसा तिर्नुपर्छ।त्यस्तै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर रु एक हजार १२९ रुपैयाँ ८१ पैसा भुक्तानी गर्नुपर्छ।आइओसीले पठाएको मूल्यमा विभिन्न शीर्षकमा कर लाग्दै आएको छ ।ती सबै कर जोडेर निगमलाई पेट्रोलमा ११६ रुपैयाँ ८० पैसा पर्न आउँछ ।त्यस्तै, डिजेलमा प्रतिलिटर ९७ रुपैयाँ ६७ पैसा, मट्टितेल प्रतिलिटर ७४ रुपैयाँ ९० पैसा, आन्तरिक हवाई इन्धन प्रतिलिटर ६३ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर १६ सय ७५ रुपैयाँ ११ पैसा लागत पर्ने देखिन्छ ।निगमले पेट्रोलको मूल्य प्रतिलिटर रू. ११०, डिजेल र मट्टितेल रू. ९३, आन्तरिक हवाई इन्धन रू. ६५ र अन्तरराष्ट्रिय हवाई इन्धनको प्रतिलिटर शून्य दशमलव ८७अमेरिकी डलर तोकेको छ । खाना पकाउने एलपी ग्यासको विक्री मूल्य प्रतिसिलिण्डर १३ सय ७५ तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah