काठमाडौं, २९ जेठ । नर्भिक इन्टरनेशनल हस्पिटलमा चरम लापरबाही हुने गरेको तथ्य फेला परेको छ । नेपालको अत्यान्तै महँगो अस्पतालका रुपमा लिइने सो हस्पिटलले बिरामीबाट मनोमानी ढंगले ठूलो रकम असुल्ने गरेको र सेवा भने कमजोर दिने गरेको तथ्य फेला परेको हो ।
अस्पताल प्रशासनको चरम लापरबाहीले हिजआज कुनै मेसिन बिग्रिए बनाउन महिनौं लाग्ने गरेको छ । यसले गर्दा उपचार गर्न आउने सयौं बिरामी बढि रकम तिरेर पनि सहज ढंगले उपचार गराउन पाइरहेका छैनन् ।
एक्सरे मेसिन बनेन
अन्तरर्राष्ट्रिय स्तरकै हस्पिटलका रुपमा परिचित सो हस्पिटलमा दुईवटा एक्सरे मेसिन छन् । करिब एक महिनादेखि एउटा मेसिन बिग्रिएको छ ।
सो मेसिन मर्मतमा अस्पताल प्रशासनले ढिलाइ गर्दा बिरामीले शास्ती खेप्नुपरेको छ । अहिले नर्भिकमा एउटामात्रै एक्सरे मेसिन छ । उपचारका निम्ती सयौं बिरामीहरु त्यहाँ जाने गरेतापनी एउटामात्रै एक्सरे मेसिन भएकाले घन्टौं कुर्नु पर्ने बाध्यता रहेको छ ।
अस्टेलिया जाने समेत प्रभावित
नर्भिक अस्पताले अष्टेलिया जान भिसा लागेका व्यक्तीको स्वाथ्य परिक्षण पनि गर्दै आएको छ । एउटामात्रै एक्सरे मेसिन हुँदा कतिपय व्यक्तीले महँगो पैसा तिरेर पनि समयमै स्वाथ्य परिक्षण गर्न पाउदैनन् ।
ल्याबहरु अस्तव्यस्त
नर्भिक हस्पिटलका ल्याबहरु समेत अस्तव्यस्त रहने गरेको पाइएको छ । ल्यावहरुमा बस्ने अर्थिस्टेन्टहरुको चरम लापरबाहीका कारण बिरामीहरुले शास्ती खेप्नुपरेको बताउँछन् ।
स्रोतका अनुसार अस्पतालमा एउटा रिर्पोट लिन बारम्बार धाउनुपर्ने समस्या रहदै आएको छ । यसरी नर्भिक हस्पिटलमा बेथितीले सिमा नाघेतापनि स्वाथ्य विभागले अनुगनम गर्न सकेको छैन् ।
स्रोतका अनुसार नर्भिकका प्रमुखहरुले स्वाथ्य विभागका अधिकारीहरुलाई प्रलोभनमा पारि अनुगमनमा अबरोध गर्ने गरेका छन् । पछिल्लो समय नर्भिकले विभिन्न बाहाना देखाई आफ्नो सेवाशुल्कलाई मनोमानी ढंगले बढाउँदै गएको समेत बिरामीहरुको गुनासो छ । न्यूज अभियान बाट साभार



