काठमाडौँ : म्यानमारमा रहेका नेपाली भाषी पनि सैनिक ‘कू’विरुद्ध सडक आन्दोलनमा उत्रिएका छन् । बिहीबार म्यानमारमा रहेका नेपाली भाषी सैनिक ‘कू’विरुद्ध ‘हामी गोर्खा हौँ’ भन्दै सडक आन्दोलनमा उत्रिएका हुन् ।

दुई हप्ताअघि म्यानमारमा सेनाले सत्ता हातमा लिएपछि आन्दोलन चर्किएको छ । मुख्य नेताहरुलाई जेल हालेर एक वर्षे संकटकाल घोषणा गरेको सेनाले घरबाहिर निस्कन दिएपनि पाँच जनाभन्दा बढीलाई भेला हुन बन्देज लगाएको छ ।

तर सैनिक कू विरुद्ध त्यहाँका हजारौैँ नागरिक सडक आन्दोलनमा उत्रिन थालेपछि नेपाली भाषी पनि ‘हामी

गोर्खा हौँ’ लेखिएका ब्यानर समातेर सडक आन्दोलनमा उत्रिएका देखिएका म्यानमानरबाट नेपाली पत्रकार दीपक भट्टराईले जानकारी दिएका छन् ।

‘नेपाली भाषी बर्मेली नेपालीभाषी गोर्खा लेखेको पोस्टरसहित नै सैनिकविरुद्ध नारावाजी गर्दै सडकमा उत्रेका छन्’ रंगुनबाट पत्रकार भट्टराईले ट्वीट गरेका छन् । यसअघि राजनीतिमा खासै चाँसो नदिएका म्यानमारमा रहेका नेपाली भाषी सैनिक कू भएपछि भने आक्रोशित हुँदै सडक आन्दोलनमा होमिएका छन् ।

सत्ता हातमा लिएको सेनाले रिहा गरिएका प्रदेशका मुख्यमन्त्री, प्रदेश मन्त्री र केही नेतालाई फेरि पक्राउ गरेको पनि भट्टराईले ट्वीटमा उल्लेख गरेका छन् । अमेरिकाले भने बिहीबार मात्रै म्यानमार सेनामाथि प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah