भारतको पश्चिम बंगाल राज्यमा विधानसभा चुनाव आउन लागेको अवस्थामा विभिन्न किसिमका मतसर्वेक्षणहरू गरिएका छन् ।

सीएनएक्स नामक संस्थाको सर्वेक्षणमा ममता बनर्जीको तृणमूल कांग्रेस सत्तामा फर्किने देखाएको छ । कुल २९४ सीटमध्ये तृणमूलले १५१ सीट पाउने अनुमान छ । भाजपाको खातामा ११७ सीट अनि वामपन्थी र कांग्रेसको खातामा २४ सीटको अनुमान छ ।

सी भोटरको सर्वेमा चाहिँ भारतीय जनता पार्टीको सरकार बन्ने अनुमान छ । त्यसमा भाग लिएका ४३ प्रतिशत मानिसले राज्यमा भाजपाको सरकार बन्ने अनुमान गरेका छन् । अनि ३५ प्रतिशतले तृणमूलको सरकारको सम्भावना देखाएका छन् ।

सीएनएक्सको सर्वेक्षणअनुसार तृणमूललाई सन् २०१९ को लोकसभा चुनावको तुलनामा घाटा लाग्न सक्ने देखिएको छ । उत्तर बंगालमा पार्टीले कम सीट ल्याउने देखिएको छ ।

भाजपाले उक्त क्षेत्रमा रहेका ५६ सीटमध्ये ३२ सीट जित्ने देखिएको छ ।

सी भोटर सर्वेमा मानिसले भाजपाको सरकार बन्ने कुरा गरे पनि मुख्यमन्त्रीका रूपमा ममता बनर्जीलाई नै मन पराएका छन् । राज्यमा ५२ प्रतिशत मानिसले ममता नै मुख्यमन्त्रीको सर्वाधिक योग्य उम्मेदवार भएको बताएका छन् ।

एबीपी न्युजका लागि सी भोटर सर्वेमा कुल ७ हजार ५ सय २७ मानिससँग टेलिफोन वार्ता गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah