भारतमा बालिकालाई बलात्कार गरेर गर्भवती बनाउने प्रधानाध्यापकलाइर्ए मृत्युदण्डको सजाय सुनाइएको छ ।विहार राज्यको पट्नामा रहेको एक विद्यालयमा कक्षा ५ मा पढ्ने ११ वर्षीया बालिकालाई बलात्कार गर्ने प्रधानाध्यापकलाई मृत्युदण्डको सजाय सुनाइएको हो । अरविन्द कुमारलाई त्यहाँको नागरिक अदालतले फाँसीको सजाय सुनाएको एनडीटीभीले जनाएको छ।यस घटनामा सहयोगीको भूमिका खेलेको पुष्टि भएपछि सोही विद्यालयका एक प्रशासनिक कर्मचारी अभिषेकलाई भने जन्मकैदको फैसला सुनाइएको छ।यो घटना झन्डै तीन वर्ष अगाडिको हो। अदालतले जरिवाना स्वरुप प्रधानाध्यापकलाई एक लाख रुपैयाँ र अर्का कर्मचारीलाई ५० हजार पनि तिराएको छ।पटनाको फुलवारीसरिफ क्षेत्रको न्यु सेन्ट्रल पब्लिक स्कुलमा सन् २०१८ को सेप्टेम्बरमा यस घटना भएको थियो।बालिका गर्भवती भएपछि मात्र बलात्कारको घटना सार्वजनिक भएको थियो।



