मेक्सिकोकी एक ब्यूटी क्विनलाई प्रहरीले पक्राउ गरेको छ । २५ वर्षकी यी युवतीमाथि खतरनाक आपराधिक समूहमा समावेश भएको आरोप लागेको छ । मेक्सीको प्रहरीले यो मामिलामा आठजनालाई पक्राउ गरेको छ जसमा लरा माजिका रोमेरोको नाम पनि समावेश छ । रिपोर्टका अनुसार यदि उनीमाथि लागेको आरोप प्रमाणित भए उनीहरुलाई ५० वर्षको सजाय हुनसक्छ ।

रिपोर्टका अनुसार २५ वर्षकी रोमेरो एउटा यस्तो आपराधिक संगठनसँग सम्बन्धित छिन् जसले ओएक्साका र वेराक्रुजजस्तो शहरमा अपरहणका लागि जिम्मेवार छन् । वेराक्रुजको स्टेट एटोर्नीले उनीहरुलाई ११ फेब्रुअरीमा शहरको एउटा घरबाट पक्राउ गरिएको पुष्टि गरे ।

यो घटनामा सबै आठ आरोपीलाई अबको दुई महिनाका लागि हिरासतमा राखिने जानकारीमा उल्लेख छ । प्रहरीले यो मामिलाको अनुसन्धान गरिरहेको छ । बिजनेस ग्राजुएट रोमेरो अंग्रेजीमा पोख्त छिन् र उनी स्तन क्यान्सर र ब्लड क्यान्सरजस्तो रोगविरुद्ध जागरुकता फैलाउनका लागि परिचित छिन् ।

रोमेरोले सन् २०१५ मा मिस अर्थ ओएक्साको ताज पनि जितेकी थिइन् । उनी अघिल्लो वर्ष इन्टरनेशनल क्विन अफ कफीमा रनरअप पनि भएकी थिइन् । यसबाहेक उनले सन् २०१९ मा मिस मेक्सिको प्रतिस्पर्धामा पनि भाग लिएकी थिइन् र उनी यो प्रतियोगितामा थर्ड रनरअप भएकी थिइन् । रोमेरो धेरैजसो आफ्नो बयानका कारण पनि चर्चामा रहन्छिन् । उनले महिलाको समर्थनमा थुप्रै पटक बयान पनि दिइसकेकी छिन् ।

उनले आफ्नो एक अन्तरवार्तामा आफूसँग सुन्दर अनुहारमात्रै नभई आफू आकर्षक हुनुका साथै आफ्नो व्यक्तित्वका विभिन्न पाटो भएको बताएकी थिइन् । जनवरी २०१९ मा रोमेरोले महिलाविरुद्ध हिंसा समाप्त गर्न आवश्यक भएको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘हामी शान्तिसँग बस्न सक्दैनौं । हामीले महिलाविरुद्ध हिंसालाई थुप्रै अभियान र शिक्षाको सहारामा समाप्त गर्नुपर्छ । पुरुषले पनि यो बुझ्नुपर्छ कि महिलाविरुद्धको हिंसा एउटा संवेदनशील मुद्दा हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah