चीनले अमेरिकाका रक्षा ठेकेदारहरूलाई दुर्लभ पदार्थ अर्थात् रेयर अर्थ मिनरल्सको आपूर्ति घटाएर चोट दिन खोजेको फाइनान्सियल टाइम्स पत्रिकाले लेखेको छ ।

द्विपक्षीय द्वन्द्वको स्थितिमा चिनियाँ अधिकारीहरूले उद्योग व्यवसायीहरूलाई दुर्लभ पदार्थको निर्यातमा रोक लगाउँदा अमेरिका र युरोपका कम्पनीहरूलाई कत्तिको नराम्रो असर पर्छ भनी सोधेका थिए ।

दुर्लभ पदार्थ भनेका त्यस्ता धातु हुन् जुन स्मार्टफोनदेखि लिएर लडाकू जेटसम्ममा प्रयोग गरिन्छन् । चीन र अमेरिकाबीच व्यापार सम्बन्ध बिग्रिरहेको बेलामा दुर्लभ पदार्थको चर्चा चलिरहेको छ ।

संसारमा सबभन्दा बढी दुर्लभ पदार्थ चीनले नै उत्खनन गर्ने गरेको छ र प्रोसेसिङ उद्योगमा उसकै दबदबा छ । चीनले यसको निर्यातमा रोक लगाएमा अमेरिकी उद्योगहरूसँग कमै मात्र विकल्प बाँकी रहन्छन् ।

अघिल्लो महिना चीन सरकारले दुर्लभ पदार्थ उत्खनन क्षेत्रका लागि निर्देशिकाहरू जारी गरेको थियो । त्यसमा कम्पनीहरूलाई निर्यातसम्बन्धी नियम पालन गर्न तथा प्राकृचिक स्रोतको संरक्षण गर्न र वातावरण रक्षा गर्न यसको खोजीलाई सीमित बनाउन भनिएको छ ।

अमेरिका र चीनबीच व्यापारयुद्ध चर्किंदै जाँदा निर्यातमा नियन्त्रणको सम्भावना बढेर गएको थियो । अमेरिकाले आयात गर्ने ८० प्रतिशत दुर्लभ पदार्थ चीनबाट लिने गरेको छ । त्यसैले वाशिङटनलाई तारो बनाउनका लागि बेइजिङले निर्यातलाई सीमित गर्ने योजना तयार पारेको थियो ।

त्यस्तो नियन्त्रण लागू त गरिएन तर यसले अमेरिकी सरकारलाई आपूर्तिको एक मात्र स्रोतमा निर्भरता नरहन प्रेरित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah