भारत र चीनबीच सन् २०२० को अगस्ट महिनाको अन्त्यतिर लद्दाखको कैलाश रेन्जमा युद्ध हुनै लागेको भारतको उत्तरी कमान्डका प्रमुख लेफ्टिनेन्ट जनरल वाई के जोशीले बुधवार बताएका छन् ।‘हामी भिड्ने पूरै तयारीमा थियौं तर युद्ध टर्‍यो,’ उनले लेहमा पत्रकारहरूलाई बताए ।जुन १५ मा गलवान उपत्यकामा भएको भिडन्तमा ४५ जना चिनियाँ सैनिक मारिएको हुन सक्ने उनको भनाइ छ ।भारतले उक्त भिडन्तमा २० जना सैनिक गुमाएको थियो भने चीनले हताहत सैनिकको संख्या अहिलेसम्म खुलाएको छैन ।भारतले चीनलाई आफ्नो भूमि नसुम्पेको अनि चीनले बेइज्जती बाहेक केही पनि नखेपेको उनले बताए ।कैलाश रेन्जका उचाइहरूमा कब्जा गरेर भारतीय सैनिकहरूले चिनियाँ जनमुक्ति सेनालाई आश्चर्यमा पारेको र ट्यांक समेत लगेको जसबाट पूर्ण युद्ध हुने स्थिति आएको उनको भनाइ छ।चिनियाँ सेनाले पनि उचाइमा आफ्ना ट्यांकहरू लगेको र भारतीय सैनिकहरू उचाइमा ट्यांक र रकेट लोन्चर सहित बसेको उनले बताए । चिनियाँ सेनालाई आफ्नो टेलिस्कोपमा देख्दा ट्रिगर दबाउन सजिलो भए पनि अधिकतम संयम कायम गरेको उनको भनाइ छ । ‘ती हाम्रा लागि तनावग्रस्त र चुनौतीपूर्ण क्षण थिए,’ उनले भने ।पांगोङ ताल क्षेत्रमा भारत र चीनका सैनिक फिर्ती प्रक्रिया चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah