सात समुन्द्र पारी त्यो पनि अस्ट्रेलियाको पर्यटकीय नगरी ब्लु माउन्टेनमा एउटा अस्ट्रेलियन ठिटोले फरर नेपाली बोलेको सुन्दा अचम्म नलाग्ने कुरो नै भएन।काठमाडौबाट नगरकोटको डाँडो भनझै सिड्नी शहरको पश्चिमतिर एउटा पर्यटकीय पहाड छ। त्यसलाई यता ब्लु माउन्टेनको नामले चिनिन्छ। त्यसै भेगमा हुर्किएर बढेका अस्ट्रेलियन युवा कलानी गोकान यतिखेर आफ्नो जीवनको नयाँ गोरेटो खोज्न ब्यस्त छन्।गत नोभेम्बरमा नेपालबाट फर्किएका यी युवा अनाहकमा रमिताको चपेटामा परेपछि नेपालबाट दुई वर्षे देश निकालामा परेका हुन्। चलचित्रकर्मीका साथै फोटोग्राफीका सौखिन कलानी सरकारले कोरोना नियन्त्रणमा उचित कदम नचालेको भन्दै माइतीघरमा आयोजना गरिएको विरोध प्रर्दशनमा समातिएका थिए।

समातिएपछि आफू आन्दोलनमा नभइ फोटो खिच्न मात्र आएको धेरै पटक हार गुहार गरे। फोटो लिने उद्धेश्यले मात्र कार्यक्रममा सहभागि भएको भन्दा भन्दै पनि राज्यले कलानीसहित सातजना विदेशी नागरिकलाई प्रक्राउ गरी कारबाहीको प्रकृया अगाडि बढायो।जुलुसको भिडियो र तस्बिर लिँदालिँदै प्रहरी नियन्त्रणमा परेका कलानीलाई सुरूमा सुरक्षाका लागि भनेर नियन्त्रणमा लिए पनि तीन दिनको हिरासतपछि १ सय २० डलर धरौटीसहित दुइ वर्ष नेपाल प्रवेशमा रोक लगाउने निर्णय गर्‍यो।

‘मेरो नेपाल सरकारसँग कुनै गुनासो छैन। तर अनाहकमा फसेका हामीजस्ता विदेशी नागरिकलाई बुझ्ने र सचेत गराएर छाडिएको भए सुनमा सुगन्ध हुन्थ्यो भन्ने आशय हो’, सीड्नीमा सेतोपाटीसँग कुरा गर्दै कलानीले भने दुई वर्षको नेपाल प्रतिबन्ध आफ्ना लागि निकै महंगो परेको कलानीले सुनाए। नुवाकोट र रसुवाका गाउँ बेसीको माया मोह र नेपाली जनताको सामाजिक सदभावले आफू सदैव नेपालप्रति नतमस्तक रहेको कलानी बताउँछन्। ‘मेरो प्रतिबन्ध कहिले फुकुवा हुन्छ र फेरि नेपालको गाउँबेसी घुमौं जस्तो भएको छ’, उनले भने।

सन् २०१५ मा नेपालमा गएको विनासकारी भुकम्पको दौरान वृत्तचित्र निमार्णका लागि नेपाल पुगेका कलानी बिगत पाँच वर्षदेखि नेपालकै कुना कन्दरामा रमाउँदै हिँडिरहेका थिए। ‘आधुनिक समाजले ल्याएको परिवर्तन भन्दा निकै पर आपसी माया मोह र सत्कार अनि सम्मानको जुन आतिथ्य नेपाली समाजमा पाइन्छ त्यो नै मेरो सबैभन्दा ठूलो आकर्षणको केन्द्र हो,’ निकै भावुक मुद्रामा उनले भने, ‘हामीले सुनेका र इतिहासमा कोरिएका कयौं समाजिक रितिरिवाजका गर्विला परम्परा र सामाजिक सत्कार अनि सम्मानको किम्बदन्ती छन्। त्यो अहिले पनि नेपाली गाउँबेसीमा देख्न र भोग्न पाइन्छ। यसैले मेरो मन नेपाल-नेपाल भएको हो।’बर्सेनि विदेशिने नेपालीको संख्या बढ्दा, नेपालमा बस्न चाहने विदेशी पनि कम्ता छैनन्। त्यसैमध्येका हुन्, कलानी।

नेपाली–विदेश अनि विदेशी–नेपाल किन बस्न रूचाउँछन्? किन नेपाली धनी मुलुक जान चाहन्छन् र धनी मुलुककाहरू नेपाल आउँछन्?कलानी यी दुई भिन्न संयोगको कारण बताउँछन्, खुसीको खोजी।भुइँचालो महशुस गर्ने मनसायले नेपाल पुगेका उनले सहयोग नगरी बस्न सकेनन्। नुवाकोटमा स्कुल, घरहरू बनाए। त्यहीक्रममा उनलाई त्यहाँका मान्छे र समुदाय मनपर्न थाल्यो।उनलाई नेपाल आफ्नै घरजस्तै लाग्छ। किनकि, नेपालमा जे छ त्यो अष्ट्रेलियामा नभएको उनी बताउँछन्। नेपालमा एकता छ, समाज छ। मानिसहरू एकअर्कासँग राम्ररी कुराकानी गर्छन्। मान्छेलाई मान्छेजस्तै व्यवहार गर्छन्। यहाँ त्यस्तो छैन।

बाहिर राम्रो आम्दानी हुने र जीवन बन्ने भए पनि आत्मसन्तुष्टि नपाइने, परिवार–समाज केही नहुने उनको अनुभव छ।‘मैले अस्ट्रेलिया भन्दा पनि नेपाललाई दोस्रो घर मानेर कर्म गर्दै आएका थिएँ, कयैन सपना थिए, साथीभाइ र परियोजना । सबै भताभुंग भए,’ कलानी निकै दुःखी देखिए।हुन त लामो समय अस्ट्रेलियामा रहेका आफ्नै परिवारसँग बिछोडिएका उनलाई फेरि भेट्ने मौका मिल्यो। उनी अहिले अब सिड्नीमा भविष्यको नयँ योजना कोर्ने क्रममा लागिपरेका छन्।उनले बनाएको फिल्म ‘जर्नी टु द सेन्टर अफ माई हार्ट’, काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म महोत्सव (किम्फ) दोस्रो भयो।यसमा नेपाल बस्दै आएका ९ विदेशीको कथा समेटिएको छ। गत वर्षको किम्फमा प्रिमियर भएको यो फिल्मले अन्तर्राष्ट्रिय विधामा दोस्रो पुरस्कार पाएको थियो।

यस्तै भुकम्पको बिनाशकारी लिलामा कलानीले स्टोरी अफ नेपाल्स ग्रेट अर्थक्वेक नामको चलचित्र पनि बनाए।  उक्त फिल्ममा भुइँचालोको चित्रण र केटाकेटीले त्यसलाई कसरी बुझे भन्ने दृष्टिकोणबाट देखाइएको छ।कलानीले जम्मा १२ कक्षा पढेका छन्। राम्रो विद्यार्थी भएकाले स्नातकका लागि छात्रवृति पनि पाएका रहेछन्। तर उनलाई किताबी ज्ञान पुगेको महशुस हुन थाल्यो र मानिस तथा समाजबाट सिक्न चाहे।फिल्म क्षेत्रप्रतिको चाहना त उनी सात वर्ष हुँदादेखि नै रहेछ। हजुरबुवाको क्यामरामा झुम्मिन्थे। पछि आफैंले सिके।’केही मान्छे छन् जसले मलाई सिकाइरहेका छन्। उनीहरू प्रति आभारी छु,’ उनले आफ्ना गुरूहरू सम्झिए।कलानीलाई लाग्छ– फिल्ममा त्यस्तो शक्ति हुन्छ, जसले मान्छेको सोच परिवर्तन गर्न सक्छ। यो मान्छेको मुटुसम्म पुग्ने सशक्त माध्यम हो।’जब कुनै विषयले छुन्छ, त्यसमा फिल्म बनाउँछु। यदि कुनै मान्छेको कथा आकर्षक लाग्यो र त्यसले समग्र मान्छेको भावना जोड्छ भने म फिल्म बनाउन रूचाउँछु,’ उनले भने।त्यसपछि उनी कोरोना र लकडाउनको प्रभावमा थलिएका नेपाली मजदुरका विषयमा चलचित्रको काम गर्दै थिए। यहीक्रममा उनी फोटो र भिडियो खिच्ने क्रममा पक्राउ परेर अनाकहमा अस्ट्रेलिया फर्काइए।

देश निकाला गर्दा पनि रिस उठेको छैन भन्ने प्रश्नमा कलानी भन्छन्, ‘नेपाली जनताले मलाई निकालेका त होइनन्, म किन नेपालसँग रिसाउने? सरकारलाई मेरो उपस्थिति राम्रो लागेन होला। त म अहिले पनि भन्छु त्यो कार्यक्रममा मेरो उपस्थिति चलचित्रको सन्दर्भमा छायांकन गर्नुभन्दा बढी अरू कुनै उद्धेश्यले थिएन।उनी नेपालको समुदाय र मान्छेसँग जोडिन पाउँदा खुसी भएको बताउँछन्। ‘मलाई नेपालका मान्छेको मुस्कान मनपर्छ। उनीहरूले आफ्नो जीवनका कथा मुस्कानबाट प्रतिविम्बित गरेको जस्तो लाग्छ जुन शब्दभन्दा शक्तिशाली छ र तिनले धेरै कुरा भनिरहेका हुन्छन्। त्यसमा म जीवन र स्वच्छता देख्छु,’ उनले भने।नेपालको आन्तरिक मामिलामा प्रभाव पारेको भन्दै गरिएको कारबाही कति उपयुक्त थियो/थिएन त्यो त राज्यले बुझ्नुपर्ने विषय हो। तर देश निकाला गर्दा पनि नेपाल र नेपालीको गुनगान गाउँदै नेपाली फरर बोलेर पुनः नेपाल फर्कने बाचा गर्दै हिड्ने कलानी हाम्रा लागि भने पर्यटनदूत पक्कै हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah