अभिनेत्री तापसी पन्नु फिल्म अभिनय, लुक्सको अलवा विवादित बयानका कारणले पनि अक्सर चर्चामा रहने गर्छिन् । सामाजिक तथा राजनीतिक मुद्दामा समेत आफ्नो विचार राख्दै आएकी छन् । पछिल्लो समय किसानहरुको आन्दोलन खुलेरै समर्थन गरेकी उनले अहिले भने सुिप्रम कोर्टको एक जर्जको स्टेटमेन्टको बिषयमा प्रतिक्रिया जनाएकी छन् । जसको कारणले अहिले उनी चर्चामा छिन् ।

तापसीले सुप्रिम कोटको जर्जको त्यो प्रश्नमाथि औंला उठाएकी छन् । जुन प्रश्न जर्जले रेपका आरोपीलाई सोधेका थिए । जर्जको प्रश्न थियो ‘पीडितसँग विवाह गर्छाै ?’ अभिनेत्रीले जर्जको उक्त प्रश्नको प्रतिक्रिया जनाउँदै ट्वीटमा लेखेकी छन्– ‘के कसैले केटीसँग यो प्रश्न सोध्यो उनी बलात्कारीसँग विवाह गर्न चाहन्छिन् कि चाहान्नन् ?’ उनले जर्जको प्रश्नलाई समाधान कि सजाय भनेर प्रश्न समेत गरेकी छिन् ।

घटना २३ वर्षका एक युवकले एक नाबालिका केटीलाई बलात्कार गरेको विषयको हो । आरोपी व्यक्ति सरकारी नोकरी गर्छन् । केसको सुनाइको दौरानमा जर्जले आरोपीलाई सोधेका थिए, के तपाई पीडितसँग विवाह गर्न चाहनुहुन्छ ?
गत सोमबार सुप्रिम कोटमा यो बिषयमा सुनुवाई भएको थियो । सुनुवाईको दौरानमा जर्जको उक्त स्टेटमेन्ट तापसीलाई मन परेन । तापसी छिट्टै केही फिल्ममा देखिने तरखरमा छिन् । उनको आउँदो फिल्ममा ‘रश्मी रकेट’, ‘लुप लपेटा’ र ‘शावाश मिठु’ लगायत रहेका छन् । अहिले उनी अनुराग कश्यपको फिल्म ‘दोबारा’ को सुटिङमा व्यस्त रहेकी छन् ।
-रातो पाटी बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah