लण्डन । बेलायतको लण्डनमा रहेको एउटा आवास भवनमा भएको आगलागीमा परी मृत्यु हुनेहरुको सङ्ख्या ३० पुगेको छ ।

महानगरपालिकाका प्रहरी प्रमुख स्टुअर्ट कुन्डीलाई उद्धृत गर्दै स्काई न्युजले ३० जनाको मृत्यु भएको समाचार लेखेको छ ।

प्रहरी प्रमुख कुन्डीले केही गम्भीर घाइत रहेकाले सो त्रासदीपूर्ण घटनामा परी मृत्यु हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने बताए ।

घटनामा घाइते भएका मध्ये १२ जनाको अवस्था अत्यन्त चिन्ताजनक रहेको उनले जानकारी दिए ।

प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको बताएपनि अहिले सम्म आगलागीको कारण र कस्ले लगाएको थियो भन्ने बारेमा केही पत्ता लाग्न सकेको छैन ।

शहरी खोजी तथा उद्धार संकाय र ३० जना विज्ञहरुको समूह आगलागीमा परेकाहरुको खोजी तथा उद्धारका लागि लगातार परिचालित भएका छन् ।

७० जनाको संख्यामा बेपत्ता भएको हुन सक्ने बीबीसीले उल्लेख गरेको छ । उनीहरुले आगलागीबाट भएको खण्डहर हटाउने कार्य पनि गरिरहेको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah