काठमाडौं । बेलायतका पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केल अहिले संयुक्त राज्य अमेरिकामा बस्दै आएका छन् । सन २०२० मा राजपदवी त्यागेका पूर्व राजकुमार ह्यारी र मेघन क्यानडाको बसाइपछि अमेरिका बस्न थालेका हुन् ।

अमेरिकी टेलिभिजन च्यानल सिबिएसमा सोमबार प्रसारण भएको ह्यारी र मेघनको अन्तर्वार्तामा उनीहरुले दरबार त्याग्नुको केही कारण खुलाएका छन् । अन्तर्वार्ताका क्रममा ह्यारीपत्नी मेघनले त ब्रिटिस राजपरिवारभित्रको रंगभेदले आफूलाई आत्महत्या गर्ने अवस्थासम्म पु¥याएको खुलासासमेत गरेकी छन् । विवाहपछि बेलायती राजपरिवारमा आफूले चर्काे रंगभेद महसुस गरेको बताएकी छन् । उनले यो क्रम बढ्न थालेपछि समस्याको रूप लिन थालेको र सहयोग माग्दा कसैबाट पनि सहयोग नपाएको गुनासो गरेकी छन् ।

३९ वर्षीय पूर्वअमेरिकी अभिनेत्री मेघन र राजकुमार ह्यारीको सन् २०१८ मा विवाह भएको थियो । मेघनकी आमा अश्वेत हुन् भने बुवा श्वेत । उनकी आमा अश्वेत भएका कारण बेलायतको राजपरिवारमा रंगभेदले ठाउँ पाएको हो ।

अन्तर्वार्ताका क्रममा मेघनले आफ्नो छोराको छाला कति कालो हुन सक्छ भनेर बारम्बार चासो राख्न थालेको खुलासा गरेकी छन् । सोही कारण राजपरिवारले उनलाई राजकुमारको उपाधि दिन अस्वीकार गरेको पनि बताएकी छन् ।

‘वास्तवमा बेलायतका राजपरिवारका सदस्यहरु मेरो छोरा आर्ची जन्मिदा नै उनको छालाको बारेमा कुरा गर्थे, उनको छाला कति कालो हुन सक्छ भन्नेबारे उनी जन्मिदा नै छलफल भएको थियो, उनीहरु मेरो छोरा आर्चीलाई राजकुमार बनाउन चाहन्थेनन्,’ अन्तर्वार्ताका क्रममा मेघनले भनेकी छन् ।

ह््यारी र मेघनले दरबार बस्दा आफूहरुलाई मानसिक तनाव दिने गरेको भएपनि दिनेको नाम भने खुलाएका छैनन् । मानसिक तनावकै कारण आत्महत्याको अवस्थासम्म पनि पुगेको मेघनको भनाइ छ । त्यो अवस्थामा ह्यारीले आफूलाई सान्त्वना दिने गरेको पनि मेघनले बताएकी छन् ।

मेघनले अन्तर्वार्तामा भनेकी छन्, ‘दरबारमा हामीहरुलाई गर्ने व्यवहारले मलाई जीवनदेखि नै नरमाइलो लागेको थियो, म बाँच्न पनि चाहँदैन थिएँ, मलाई जतिबेला पनि जीवनदेखि नै भागौं भन्ने सोच आइरहन्थ्यो, तर त्यतिबेला ह्यारीले मलाई दिएको सान्त्वना अहिले पनि म सम्झिरहन्छु ।’

पूर्वराजकुमार ह्यारीका बाबु चाल्र्स हुन् । चाल्र्स बेलायती राजगद्धीका उत्तराधिकारी पनि हुन् । ह्यारीले विवाहपछि आफ्नो परिवारलाई राजपरिवारले पैसा दिन छोडेको बताएका छन् । आफ्ना बाबु राजकुमार चाल्र्सले आफूहरुको कुुरै सुन्न अस्वीकार गर्ने गरेको पनि ह्यारीले बताएका छन् ।

बेलायती राजगद्धीका भावी उत्तराधिकारी चाल्र्सका दुई छोरामध्ये ह्यारी कान्छा हुन् । उनको जन्म सन १९८४ मा भएको थियो । ह्यारीका दाजु विलियमको जन्म भने सन १९८२ मा भएको थियो ।

ह्यारी पत्नी मेघनले अन्तवार्ताका क्रममा राजकुमार विलियमकी पत्नी केइटले आफूलाई विवाहपूर्व नै रूवाएको पनि बताएकी छन् । रूनुपर्ने घटनाको कारण भने उनले अन्तर्वार्तामा खुलाएकी छैनन् ।

अन्तर्वार्तामा मेघनले ससुरा राजकुमार चाल्र्सको पनि आलोचना गरेपनि महारानी एलिजावेथका बारेमा भने कुनै नकारात्मक धारणा राखिनन् ।

बकिङ्हम प्यालेसले भने ह्यारी–मेघनको अन्तर्वार्ताबारे कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah