काठमाडौं । म्यानमारमा सैन्य ‘कू’ विरुद्ध उत्रिएका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा थप ३८ जनाको मृत्यु भएको छ । हिजो (आइतवार) सुरक्षाकर्मीको गोली लागेर म्यानमारभर थप ३८ प्रदर्शनकारीको मृत्यु भएको हो ।सुरक्षाकर्मीले म्यानमारको मुख्य शहर याङगुनमा प्रदर्शनकारीमाथि गोली चलाएको अन्तराष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।एसिस्टेन्ट एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)ले आइतवार कम्तीमा ३८ प्रदर्शनकारीको मृत्यु भएको र अन्य धेरै प्रदर्शनकारीहरु घाइते भएको बताएको छ । म्यानमारको प्रहरीले भने २१ प्रदर्शनकारीको मृत्यु भएको जनाएको छ ।सुरक्षाकर्मीले गाडीबाटै गोली चलाइरहेका भिडियो सार्वजनिक भएका छन् । भिडियोमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली चलाइरहेको देख्न सकिन्छ ।

त्यस्तै, पछिल्लो समय प्रदर्शनकारीले चिनीयाँ लगानीका व्यापारी प्रतिष्ठानमा ढुंगामुडा गरेका छन् ।  प्रदर्शनकारीहरुले चिनियाँ व्यवसाय लक्षित आक्रमण गरेका छन् । चिनियाँ लगानीको व्यवसायमा आक्रमण गरेसँगै केही स्थानमा सैन्य कानुन लागू भएको घोषणा गरिएको छ ।चीनले म्यानमारको सेनालाई साथ दिएको भन्दै म्यानमारका प्रदर्शनकारी चीनप्रति आक्रामक देखिएका हुन् ।प्रदर्शनकारीहरुले चिनियाँ कपडा उत्पादन कारखानाहरुमा लगायत होटलमा पनि आक्रमण गरेको चीनको दाबी छ ।चिनियाँ दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत् म्यानमारमा कारखानाहरु लुटिएको र तोडफोड गरिएको तथा धेरै चिनियाँ कर्मचारीहरु घाइते भएको र थुनिएको बताएको छ ।फेब्रुअरी १ मा भएको सैन्य कू लगत्तै म्यानमारमा विरोध प्रदर्शन भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah